नुवाकोट साँगीतिक साझ -२०२३ दोहाको ग्राण्ड रिगल होटलमा भब्य सम्पन्न…..

दोहा कतार – नुवाकोट सेवा समाज कतारले बडादशैं, दिपावली, नेपाल संवत एवंम छठ पर्वको उपाध्यक्षमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा “नुवाकोट साँगीतिक साँझ -२०२३ कार्यक्रम शुक्रबार भब्य रुपमा सम्पन्न भएको छ।

सस्थाका अध्यक्ष दिपेन्द्र घलेको सभापतित्व, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक सस्थाका प्रमुखहरु, सामाजिक अभियान्ता, समाजसेवी तथा बिशिस्ट ब्याक्तित्वहरु लगायत कलाकार, पत्रकारहरुको साथै उल्लेखनीय दर्शकहरुको उपस्थितिमा दोहाको ग्राण्ड रिगल होटलको मिडिल तलामा रहेको अर्मानी एक्स लङ्गको हलमा दियो प्रज्वलन गरि राष्ट्रिय गान बजाएर बिधिवत कार्यक्रमको उद्घाटन गरिएको थियो।

सस्थाका बरिस्ठ उपाध्यक्ष हिरा तामाङको स्वागत मन्तव्य र गायक सुर्य लामाको मीठो साँङ्गीतिक प्रस्तुति सङ्गै औपचारिक रुपमा सुरु भएको कार्यक्रमलाई सङ्गीतमय बनाउने उद्देश्यले थोरै मात्र वक्ताहरुलाई शुभकामना मन्तव्य राख्न दिइएको थियो ।

सोही क्रममा सस्थाकी सल्लाहकार नानु घले, समाजसेवी तथा बुद्धिजीवी चानक पोख्रेल, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य बिक्रम कार्की र नेपाली महिला समाजको तर्फबाट मेनुका खतिवडाले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

नेपालबाट आमन्त्रित म्हेन्दोमाया कलाकार सौराम तामाङले मुख्य साँङ्गीतिक कार्यक्रमको ढोका खोल्दै करिब आधा दर्जन म्हेन्दोमाया तथा सेलो भाकाको गीतहरु प्रस्तुत गरे।

साँङ्गीतिक कार्यक्रमकै दौरानमा दोस्रो प्रस्तुतिको लागी नेपालबाटै आमन्त्रित लोक तथा दोहोरी गायिका अमृता श्रीपाल स्टेज चढेकी थिइन । उनले पनि देउरालीलाई भेटी, फुलको थुङ्गा, घुम्तिघुम्ती रोड, डाडा घरे साइली, पन्चेबाजा माकुर माकुर घुर लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकहरुको वन्स मोर पाएकी थिइन ।

त्यस्तै साँङ्गीतिक कार्यक्रमको अन्तिममा मनमोहक बनाउने श्लोकवद्ध आवाजसङ्गै प्रस्तुति दिन आएका काठ क्षेत्रमा एकलौटी राज गरिरहेका काठे भाकाको राजा मानिने सिन्धुपाल्चोके गायक सरोज लामिछानेले कार्यक्रमको माहोल नै परिवर्तन गरिदिएका थिए आफ्नो प्रस्तुति दिने क्रममा सर्वाधिक चर्चित गीतहरु मुसौरी, कहाँ होला र सुन जस्तो पित्तल, धानको बाला लसरी पसरी, हे मेरो सानु, कोठाभाडा तिर्दिने मै होनि, बदाम खाको सुन्तला छोडाको जस्ता गीतहरु गाएर हलमा हङ्गामा नै मच्चाइदिएका थिए ।

साँङ्गीतिक कार्यक्रम पश्चात बोल्ने क्रममा प्रमुख अतिथि भट्टले छोटो समयमा पनि कतारको कानुन संवत सबै प्रक्रिया पूरा गरि तोकिएकै समयमा कार्यक्रम गर्न सकेकोमा सम्पुर्ण टिमलाई बधाई दिदै खुशी व्यक्त गरेका थिए भने गत महिना नेपालको पश्चिमी भेग जाजरकोट र रुकुम भुकम्पले ल्याएको विषम परिस्थितिलाई सम्झिदै दु:खित भएका थिए त्यसै गरि सोही भुकम्पको चपेटामा परेका पीडितहरुको राहत स्वरुप गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषदको समन्वयमा विभिन्न संघ सस्थाहरुबाट सहयोग संकलन भएको र सहकार्य गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिएका थिए ।

सस्थाका महासचिव बिकास लामा(तामाङ) ले सहजीकरण गरेका कार्यक्रममा सुर्य लामा, सानुबाबु तामाङ, रामजी थापा मगर, राजन थोकर तामाङ, बद्री प्रसाद देबकोटा, राेशनी हिम्डुङ तामाङ, हाम्रो सपना सङ्गीत परिवारबाट गुना मगर निशु र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कतारबाट पुकार थापा लगायतका कलाकारहरुले आ-आफ्नो प्रस्तुतिहरु पस्केका थिए भने नेपालबाट आमन्त्रित कलाकार सहित “द एन.आर.एन सिङ्गर सिजन वन” मा सहभागी भएर फाइनल सम्म पुग्न सफल गायिका गुना मगर निशुलाई आगामी साँङ्गीतिक यात्रा सफलताको शुभकामना दिदै मायाको चिनो र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने सिन्धुपाल्चोक सेवा समाजले पनि मायाको चिनो दिएर कलाकार लाई सम्मान गरेको थियो ।

र अन्तमा सस्थाका अध्यक्ष तथा कार्यक्रमको सभापति दिपेन्द्र घलेले कार्यक्रम सफल बनाउन उपस्थित भइदिएकोमा सम्पुर्ण अतिथि एवंम दर्शकहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै साथ सपोर्टको अपेक्षा राखेको बताउदै कार्यक्रमकै लागि प्रत्यक्ष अप्रत्यक्ष आफ्नो जिम्मेवारी पुरा गर्न अहोरात्र खट्ने टिमका सम्पुर्ण सदस्यहरुप्रती आभार व्यक्त गर्दै कार्यक्रमलाई बिट मारेका थिए।

 

सम्बन्धित समाचार