अर्घाखाँची सेवा समाज कतारले गर्यो चर्चित कलाकार एलिना रायमाझीलाई सम्मान..

दोहा कतार – नेपाली कलाकारिताको क्षेत्रमा परिचित नाम हो एलिना रायमाझी हो तिनै कलाकार रायमाझीलाई साँङ्गीतिक कार्यक्रमको लागी प्रस्तुति दिन कतार आएको मौका पारी अर्घाखाँची सेवा समाज कतारले भेटघाट तथा सम्मान गरेको छ ।

कलाकारीताको विभिन्न बिधाहरुमा अब्बल रायमाझी बिषेशगरी मोडलिङमा धेरै देखिने कलाकार भएता पनि उन्ले केही ठुला पर्दाको चलचित्रहरु पनि अभिनय गरेकी छिन कलाकारिताकै माध्यमबाट नेपाली कला सस्कृतिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजले खादा र सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै रायमाझीले साङ्गितिक कार्यक्रमको सिलसिलामा आफू कतार आएको बेला जिल्लावासी चेली सम्झेर आफुलाई सम्मान सहित न्यानो मायाको निम्ति सस्थाप्रती आभार व्यक्त गर्दै साँस्कृतिक कार्यक्रमको लागि देश तथा बिदेशको विभिन्न ठाउँमा पुगेको अनुभव सुनाउदै यस्तो सम्मान र मायाँ नपाएको बताइन भने यो सम्मानले आफुलाई कलाकारिता क्षेत्रमा अझै अगाडि बढ्न उर्जा मिल्ने पनि बताएकी थिइन ।

समाजका सचिब तिलक घिमिरेले सहजीकरण गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष बिष्णु कुँवरले गरेका थिए भने प्रमुख अतिथिमा उनै कलाकार एलिना रायमाझी रहेकी थिइन ।

कार्यक्रममा अर्घाखाँची सेवा समाज कतार संरक्षक राम प्रसाद पराजुली, नेपाल पत्रकार महासंघ कतार शाखा उपाध्यक्ष दिल कुमार श्रेष्ठ, सल्लाहकार द्वय बोम बहादुर बस्नेत, गोबिन्द श्रेष्ठ, एनआरएनए एनसिसि कतारका प्रवक्ता तथा पत्रकार सन्तोष केसी, सुशीला पराजुली, उपाध्यक्ष बालाराम पाण्डे लगायत समाजमा आबद्ध विभिन्न प्रभुत्व व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

 

 

सम्बन्धित समाचार