चार दिन थपियो गैर आवासीय नेपाली तारा-२०२३ को डिजिटल अडिसनको समय…..

दोहा कतार – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारले संयुक्त रुपमा आयोजना गरेको गैर आवासीय नेपाली तारा २०२३ (चौथो सस्करण) को डिजिटल अडिसनको समय अरु ४- दिन थप गरिएको छ।

आयोजक समितिले पूर्व निर्धारित डिजिटल अडिसनको समय २५ – नोभेम्बर -२०२३ राति १० बजे सम्म तोकेको भए पनि शनिबार बसेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतार अर्थात आयोजक समितिको संयुक्त बैठकले २९- नोभेम्बर – २०२३ यानिकी आउने बुधबार राती १० बजे सम्मको समय थप गर्ने निर्णय गरेको बताएको छ।

शनिबार साँझ एउटा सूचना जारी गर्दै दोहामा रहेका धेरै भन्दा धेरै प्रतिभाहरुलाई सहभागिता गराउने र अझै बाकी रहेका ढिलो गरि सूचना पाएका छुटफुट कलाकारहरु सबैलाई समेट्न सकियोस भन्ने उद्देश्यले समय थप गरेको आयोजक समिति तथा एनआरएनए एनसीसीका सचिब रोशन अर्यालले जनता खबरलाई जानकारी गराएका छन ।

डिजिटल अडिसनको म्याद थप गरे पनि पहिलो लाइभ अडिसन भने सेड्युल अनुसार डिसेम्बर १ मै सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा हुने तालिका रहेको छ।र कार्यक्रमको बारेमा बुझ्न वा सहभागी हुन चाहाने जो कोहीले तल उल्लेखित ब्यक्ति अथवा नम्बरहरुमा सम्पर्क गर्न सकिने छ।

सम्पर्क नम्बर तथा ब्यक्तिहरु :-
मदन गुरुङ – ३१२९५८०७
रोशन अर्याल – ७०६६५६४४
कृष्ण पन्थी – ५०३०७१५६
भाईकाजी गुरुङ – ७७६१२२००
बिबेक पुलामी मगर- ७०५४०९३२
र धन बहादुर गुरुङ – ५५७४३४१२

प्रतियोगितामा विजेता हुने प्रतियोगीले गायन तर्फ एक लाख एकासी हजार (१,८१,०००) नेपाली रुपैयाँको साथमा ट्रफी प्रमाणपत्र र नृत्यतर्फको विजेताले एक लाख पचास (१,५०,०००) हजारको साथमा ट्रफी र प्रमाणपत्र पाउने छ्न भने दुबै तर्फको रनरअपले समान पच्चहत्तर हजार (७५,०००) रुपैयाँ पुरस्कार पाउने छन साथ साथै फाइनलमा पुग्ने सबै प्रतिस्पर्धिले प्रमाणपत्र पाउने छन ।

 

 

 

सम्बन्धित समाचार