कतार सामुदायिक प्रहरी प्रमुखसङ्गको भेटघाट कार्यक्रममा एनसीसी अध्यक्ष भट्टले गरे श्रमिकको समस्या समाधानमा सहयोग गर्न आग्रह….

दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका पदाधिकारीहरुले कतार सरकारको सामुदायिक प्रहरी प्रमुख सङ्ग बुधबार भेट गरेका छन।

एनसीसी कतारले विभिन्न सरकारी निकायहरुसंग भेटघाट गर्ने क्रममा हिजो बुधवार कतारको सामुदायिक प्रहरी मुख्यालयमै पुगेर कम्युनिटी प्रमुख ब्रीगिडियर डाक्टर इब्राहिम मोहम्मद राशीद अल सेमैह, जनचेतना तथा शैक्षिक बिकास कार्यक्रम तर्जुमा प्रमुख कर्णेल राशीद मुबारक अल खयारिन, इन्चार्ज पार्टनर एन्ड इनिसियटिभ बिभाग फस्ट लेफ्टिनेन्ट अब्दुल अजिज अल मोहन्नदी, सामुदायिक सम्पर्क बिभाग संयोजक डाक्टर बहाउदिन अल हुदावी र संयोजक तारिक ओबौदुल्लाह लगायतसङ्ग भेटघाट गरेको हो ।

भेटघाटको क्रममा एनआरएनए एनसीसी कतारको बर्तमान कार्यसमितिको बारेमा जानकारी गराउदै कतारको सामुदायिक प्रहरीसङ्ग सहकार्य गर्नको लागि केही बुँदागत योजनाहरु सहित लिखित पत्र पेश गरिएको थियो ।

गैर आवासीय नेपाली संघ एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, बरिष्ठ उपाध्यक्ष कृष्ण पन्थी, सचीव रोशन अर्याल, सह कोषाध्यक्ष झबिन्द्र आचार्य र पुर्व कानुनी सल्लाहकार एवं राष्ट्रिय मानवअधिकार आयोग कतारका नेपाली संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँको लगायतको उपस्थिति रहेको भेटघाटमा सामुदायिक प्रहरी कतारसङ्ग परिचायत्मक कार्यक्रमसङ्गै आप्रवासी कामदारहरूको सुरक्षा र कल्याणको लागि कर्निश जस्तै अन्य स्थानहरुमा सचेतना कार्यक्रम, लाइफ ज्याकेट अभियानको प्रयोग, द्विपक्षीय साझेदारी जनचेतना मुलक कार्यक्रम, लिमोजिन चालकहरूको लागि जागरूकता, कामदारहरूको लागि स्वास्थ्य जाँच, महिला आप्रवासी कामदारहरूको लागि विशेष सचेतना कार्यक्रम, लागुऔषध प्रयोग र तस्करी विरुद्धको अभियान जस्ता कार्यक्रमहरुमा सहकार्य र समन्वयको प्रस्ताव राखिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख डाक्टर सेमैहले जुनसुकै कम्पनीमा काम गर्ने कामदारहरुले समयमै तलब नपाएको खण्डमा नारा जुलुस हड्ताल नगरिकन कानुनी प्रक्रियाबाटै समस्याको समाधान गर्न सकिने तर त्यसको लागि आबश्यक समन्वयमा भने एनसीसी कतारले प्रतिनिधी मुलुक भूमिका खेल्नु पर्ने पनि बताए भने नेपाली समुदायको लागि सामुदायिक प्रहरीले खुलेर सहयोग तथा सहकार्य गर्ने आस्वासन दिदै भेटको लागि एनसीसी परिवारलाई धन्यवाद दिएका थिए ।

 

 

 

सम्बन्धित समाचार