कर्णाली प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशन सम्पन्न नेतृत्व डम्बर बहादुर बुढालाई….

दोहा कतार-कर्णाली प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिबेशन गत शुक्रबार भब्य रुपमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विजय कुमार बस्यालको सभापतित्व नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता र एनसीसी कतारका द्वितीय उपाध्यक्ष केशव कार्की, संरक्षक नवराज शाही सहित कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक सस्थाका प्रमुखहरु, सामाजिक अभियान्ता एवंम जिल्ला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बुद्धिजीवी तथा बिशिस्ट व्यक्तित्वहरु, पत्रकार, कलाकारहरुको बाक्लो उपस्थितिमा ब्यानर अनावरण तथा दीप प्रज्वलन गरि औपचारिक रुपमा अगाडि बढेको कार्यक्रममा स्वागत मन्तव्य कमल बिकले राखेका थिए ।

सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको प्रदेशको दोस्रो अधिबेशनबाट अध्यक्षमा डम्बर बहादुर बुढा मगरको अध्यक्षतामा २२ जनाको नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन ।

जस अन्तर्गत वरिष्ठ उपाध्यक्ष, भद्र बहादुर पुन, प्रथम उपाध्यक्ष, नौलासिङ घर्ती, दित्तिय उपाध्यक्ष, दिनेश तिरुवा, तृतीय उपाध्यक्ष, नवराज टमटा, युवा उपाध्यक्ष, प्रमोद बस्याल, महासचिव, गुलाब लम्साल, सह सचिव, किरण शाही, कोषाध्यक्ष, गोपाल बस्नेत, सह कोषाध्यक्ष, कृष्ण बस्याल, महिला संयोजक, मनिषा मल्ल रहेका छ्न । त्यसैगरी सदस्यहरुमा नरेन्द्र बस्याल, शेर बहादुर खत्री, हिराजन टमटा, भविन्द्र विश्वकर्मा, सपना धामी, प्रकाश घर्ती, संदेश सोनी, शुदीक्षा शाही बस्नेत, मिलन बस्याल, प्रकाश हमाल र सुरेश महर चयन भएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी महामहिम राजदुत डा. नरेश बिक्रम ढकालले कर्णाली प्रदेश बिकासको क्रममा पछि परेपनि त्यहाँको भाषा, कला संस्कृती,भेषभुषा र पर्यटकिय हिसाबले गर्व गर्न लायक रहेको बताउदै जुम्ला जिल्ला नेपाली भाषाको उद्द्गम थलो समेत रहेको स्मरण गराउदै कर्णाली प्रदेश नेपालकै नमुना प्रदेश समेत रहेको बताएका थिए। ढकालले नेपालको अभिलेखमा यो भन्दा अगाडि कर्णाली प्रदेशबाट कुनै पनि देशको राजदुतको प्रतिनिधित्व गर्ने अवसर नपाएको र अहिले पहिलो पटक बिकट कर्णाली प्रदेशको छोरो नेपाली दूतावास कतारको (राजदुत ) हुने अवसर पाएकोमा खुशी मान्नु पर्ने भन्दै आफ्नो नाम कर्णाली प्रदेशको इतिहासमा प्रथम राजदुत भनेर लेखीने समेत बताए थिए ।

उनले थप बोल्दै कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई पहिलो पटक नेपालको औपचारिक भ्रमण गराउने तयारी पनि गरिरहेको हुँदा यसरी खाडी मुलुकबाट पहिलो पटक राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण भयो भने नेपाल र नेपालीहरुको गरिमा बढ्ने विस्वास व्यक्त गर्दै ढकालले नेपाली समुदायले हरेक हप्ता विभिन्न रेस्टुरेन्टमा उपलब्धि बिनाको कार्यक्रम गरि एउटै व्यक्तिलाई खादामाला लगाएर खाना खुवाएर हजारौं खर्च गर्नुभन्दा कुनै श्रमिक क्याम्पमा गएर सामाजिक सुरक्षा कोषको बारेमा श्रमिक जनचेतना सम्बन्धि कार्यक्रम लगायत यावत विषयमा कार्यक्रम गर्न सके राम्रो हुने धारणा राखेका थिए।

कार्यक्रम अवधिभर गायिका रेश्मी सेन्चुरी, सुरेश विसी, लोकेन्द्र दूतराज, शरद सुनार, सुमित्रा भटराई, ऋतुकाली थापा, श्रृजना सुनार, मनिषा मल्ल, प्रकाश घर्ती, दीपा मगर, बिनिता बिक, गंगा बिक लगायतका कलाकारहरुले आ-आफ्नो गायन तथा नृत्य साँङ्गीतिक प्रस्तुतिहरु पेस गरेका थिए ।

संस्थाका महासचिव हिरामणी सुनारले सहजीकरण गरेको कार्यक्रमको अन्तमा सभापति विजय कुमार बस्यालले आफ्नो कार्यकाल अवधिभर विभिन्न माध्यम बाट साथ सहयोग गर्ने तथा प्रत्यक्ष उपस्थिती भएर कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै नयाँ बन्ने कार्यसमिलाई सफल कार्यकालको अग्रिम शुभकामना दिदै कार्यक्रमको समापन गरेका थिए ।

 

सम्बन्धित समाचार