हेल्प मधेशी मलेशिया शाखा जाेहर शाखा द्वारा आर्थिक सहयोग।

वायु प्रधुशन
nepalijanatakhaba

काठमाण्डौ:सेवानै धर्म हाे भन्ने मूल नाराका साथ” नेपाली दाजु भाईहरु प्रदेशमा बसि मजदुरी गरेर आफ्नो मेहनतकाे कमाई बाट केही रकम जम्मा गरेर आफ्नो गाउँठाउँ समाजमा आइपरेका समस्यामा हाते मालो गर्दै आर्थिक सहयोग गर्ने गर्दा छन्।

 

यस्तै हेल्प मधेसी मलेसियाले पनि सप्तरी जिल्लाको तिरहुत गाउँपालिका वडा न.४ निबासी सुप्रसिद्ध मैथिली गीतकार इन्दर देव यादव को छोरा प्रीन्स यादव लाई सानै उमेरमा ब्रेन टियुमर क्यान्सर लाई उपचारका लागी आर्थिक सहयोग गरेको छ ।

 

हेल्प मधेसी मलेसिया जोहर शाखा द्वारा मिति २०८० साल पुस १८ गते बुधवार १५ हजार रुपैयाँ आर्थिक गरेका छन् । उक्त सहयोग रकम काठमाडौ स्थिति कान्ति बाल अस्पतालमै गएर समाजिक अभियन्ता शिव यादव मार्फत हस्तान्तरण गरेको संस्थाको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो ले जानकारी दिनु भयो।

nepalijanatakhabar

समबन्धित समाचार