तमु (गुरुङ) समाज कतार र तमु प्येल्हु संघ शाखा कतारको संयुक्त आयोजनामा “राष्ट्रिय पर्व तमु म्हुप्री-ल्होसार तथा स्योंकैं-२०२४” कार्यक्रम भब्य रुपमा सम्पन्न……

दोहा कतार – तमु (गुरुङ) समाज कतार र तमु प्येल्हु संघ शाखा कतारले संयुक्त रुपमा आयोजना गएको “राष्ट्रिय पर्व तमु म्हुप्री-ल्होसार तथा स्योंकैं-२०२४” कार्यक्रम शुक्रबार भब्य रुपमा सम्पन्न भएको छ।

तमु (गुरुङ) समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व, नेपाली राजदुतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यता तथा चोगी खेगी गुरुहरु पच्यु चिवा निल तमु, पच्यु चिवा अशोक सर्बुजा तमु, क्ल्हेप्री चिवा नवीन टु क्ल्हेप्री तमु जितबहादुर तमु कतारमा स्थापित विभिन्न संघसंस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक ब्याक्तित्वहरु, समाजसेवी, बुद्धिजीवीहरुको विशेष आतिथ्यताको साथै पत्रकार एवंम कलाकारहरु र उल्लेखनीय दर्शकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

सहानिया स्थित अल दोसरी पब्लिक पार्कमा पच्यु चिवाहरु निल तमु, पच्यु चिवा अशोक सर्बुजा तमु, क्ल्हेप्री चिवा नवीन टु खेगीहरुबाट मन्त्रोच्चारण लगतै आयोजक दुबै संस्थाको अध्यक्षहरुले खेगीहरुलाई फेटा लगाएर स्वागत गरेपछि खेगी गुरुहरुले हि (बिरालो बर्ग) लाई बिदाई तथा म्हुप्री-ल्हो (गडुल बर्ग) लाई स्वागत गर्दै प्रमुख अतिथि अतिथिहरुद्वारा दिप प्रज्वलन गरि नेपाली राष्ट्रिय गान र तमुहरुको राष्ट्रिय गान (ित्हनी धोले छल खागे) बजाएर कार्यक्रम औपचारिक सुरु भएको थियो।

सम्पुर्ण उपस्थितिहरुलाई कार्यक्रमको बारेमा प्रकाश पार्दै पे ल्हु संघ शाखा कतारका अध्यक्ष चन्द्र ल्हेगे गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कलाकारहरु टीका गुरुङ, सिला गुरुङ,लिल गुरुङ, रन्जना गुरुङ, तिलमाया गुरुङ, सुजन राई, सोनी आले, सलिना गुरुङ, रोजिना गुरुङ, अमित राई, मौसमी गुरुङ, सन्तोष गुरुङ, सुजता लामा गुरुङ, सुस्मा लामा, सर्मिला मगर र दुर्गा गुरुङले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

तमु ल्होसार विशेषगरि नेपाली पात्रो अनुसार पौष १५ को दिन मनाउने गरिन्छ। तमु भाषामा ल्हो को अर्थ (बर्ग) र सारको अर्थ (नयाँ पालुवा फुल्नु/फेर्नु) भन्ने हुन्छ, पुरानो बर्गलाई बिदाई गर्दै नयाँ बर्गको आगामनको उपलक्ष्यमा नयाँ बर्गको रुपमा मनाईने यो पर्वमा एक अर्कामा “आँशिमाला” अर्थात शुभकामना आदानप्रदान गरिन्छ।

सोही अनुसार कतारमा पनि तमु (गुरुङ) समाज कतार र तमु प्येल्हु संघ शाखा कतारले संयुक्त रुपमा यो कार्यक्रम मनाउदै गर्दा एनआरएनए आइसीसी उपाध्यक्ष राज रेग्मी, आइसीसी सदस्य दिपजङ्ग शाह ठकुरी, एनसीसी कतारका सचिब सन्तोष क्षेत्री, नेपाल आदिवासी जनजाति महासंघ शाखा कतारका अध्यक्ष डि.एन मगर, संघसस्थाहरुको प्रतिनिधित्व गर्दै खोटाङ सेवा समाजका अध्यक्ष कैलाश श्रेष्ठ, नेपाली महिला समाज कतारकि बरिस्ठ उपाध्यक्ष माया केसी, समाजसेवी विमल सुबेदी, तमु गुरुङ समाजका संरक्षक सदस्य भाइकाजी गुरुङ लगायतले आ- आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्य राख्ने क्रममै प्रमुख अतिथि कृष्ण कुमार सुबेदीले आफू कतार आएपछिको एउटा बिशिस्ट कार्यक्रम सहभागी हुन पाउँदा खुशी लागेको बताउदै नेपालमा भुल्दै गएको रितिरिवाज, भाषा संस्कृतिलाई बिदेशमा बस्ने नेपालीहरुले बचाएर राखेको देख्दा नेपालमै बस्ने नेपालीहरुलाई यो बिषयमा चुनौती दिएको छ भन्दै तमु गुरुङहरुले कतारमा कुनै पनि कार्यक्रमहरु गर्दा अथवा सहभागी हुँदा कोसेली दिने चलन राम्रो लागेको बताएका थिए । उनले थपे न्युयोर्कमा चार वर्ष रहदा पनि आफू तमु गुरुङको कार्यक्रममा सहभागी भएको तर कतारमा जस्तो कोसेली लाने चलन त्यहाँ नभएको पनि बताएका थिए भने यो सन्देशमुलक परम्परालाई आफू पुगेको ठाँउहरुमा जानकारी गराउने कुरा व्यक्त गरेका थिए।
सुबेदीले तमु गुरुङ एकता आजको आवश्यकता भन्ने श्लोक पढ्दै तमु गुरुङ मात्र नभएर सम्पुर्ण नेपालीहरुको एकता आजको आवश्यकता भएको बताएका थिए।

तमु गुरुङ समाजका महासचिव डिजन गुरुङ र ओम गुरुङले सहजीकरण गरेको कार्यक्रममा तामाङ समाज कतार, नेवा पुच कतार र मगर संघ कतारले आयोजना दुबै सस्थालाई कोसेली प्रदान गरेका थिए भने कार्यक्रम अबधिभर सस्थाका कलाकारहरु टीकाराज गुरुङ, सिला गुरुङ,लिल गुरुङ, रन्जना गुरुङ, तिलमाया गुरुङ, सुजन राई, सोनी आले, सलिना गुरुङ, रोजिना गुरुङ, अमित राई, मौसमी गुरुङ, सन्तोष गुरुङ, सुजता लामा गुरुङ, सुस्मा लामा, सर्मिला मगर, बिशाल सारु, अनिता लामा, दुर्गा गुरुङ लगायतले उत्कृष्ट गायन तथा नृत्य प्रस्तुतिहरु पस्केर उपस्थित दर्शकहरुलाई आकर्षित बनाएका थिए।

कार्यक्रममा प्रमुख अतिथिलाई भाङ्ग्रा तथा क्रेगी (फेटा), तमु राजा हर्क गुरुङ, तमु गुरुङ समाजका संरक्षक बुधबल गुरुङ, तमु प्येल्हु संघ शाखा कतारका अध्यक्ष चन्द्र ल्हेगे गुरुङ लगायतलाई फेटा र तमु गुरुङकि अध्यक्ष टौमाया गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सभापति गुरुङले उपस्थित भएर कार्यक्रम सफल पार्न सहयोग गरेकोमा सम्पुर्णलाई एकमुष्ट धन्यवाद दिदै आ-आफ्नो कामलाई जिम्मेवारी पुर्ण तरिकाले निर्वाह गरेर साथ सहयोग गर्ने आयोजक टिम दुबै सस्थाका पदाधिकारीहरुको साथै सम्पुर्ण प्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरेकी थिइन।

नोट:- ग्रह, राशि, तिथि र नक्षेत्र आदिमा ज्योतिषशाश्त्र आधारित भए जस्तै सांकेतिक रुपमा बाह्र थरिका विभिन्न पशुपन्छीको नाउँबाट नामकरण गरिएको तमू बर्गचक्र (ल्होकोर) मा तमू क्यालेन्डर आधारित छ, १२ बर्षमा एक बर्गचक्र पुरा हुन्छ। १२ ल्होहरु गरुड-गिद्ध (म्हुप्री ल्हो), सर्प (सप्रील्हो), घोडा (तल्हो), भेंडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा (च्यल्हो), कुकुर (खिल्हो), म्रिग (फोल्हो), मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो) र बिरालो (ह्यूल्हो) बर्ग रहेका छन्।

 

 

सम्बन्धित समाचार