प्रवासी नेपाली मञ्च कतारले मनायो आफ्नो १९औँ स्थापना दिवस…..

दोहा कतार – प्रवासी नेपाली मञ्च कतारले आफ्नो १९औँ स्थापना दिवस शुक्रबार एउटा भब्य कार्यक्रमको आयोजना गरि मनाएको छ।

सनैयाको अलअत्तिया स्थित फूलवारी रेस्टुरेन्टको सभाहलमा प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारका अध्यक्ष प्रभात त्रिपाठीको सभापतित्व, नेपालबाट आमन्त्रित पूर्व श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री तथा वर्तमान सङ्घीय सांसद, नेकपा एमालेका केन्द्रिय सचिव तथा लोकप्रिय युवानेता माननीय गोकर्ण विष्टको प्रमुख आतिथ्यता र कतारमा रहेका नेपाली श्रमिक तथा व्यवसायीहरू कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थितीमा ब्यानर अनावरण सङ्गै दीप प्रज्वलन गरी राष्ट्रिय गान बजाए पश्चात ज्ञात अज्ञात सहिदहरूको सम्झनामा मौनधारण गर्दै औपचारिक रुपमा कार्यक्रम सुरु गरिएको थियो।

मञ्चका उपाध्यक्ष बालकृष्ण भित्रीकोटिले स्वागत मन्तव्य राखेको कार्यक्रममा कलाकारद्वय रेश्मी बिश्वकर्मा र लक्ष्मी कार्कीले जनबादी गीत गाएर स्वागत अतिथिहरु उपस्थित सबैलाई स्वागत गरेका थिए।

कार्यक्रममा कोशी प्रदेशबाट चुडामणि कार्की, दलित एकता संजालका अध्यक्ष किरण परियार, नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भन्डारी पौडेल, सामाजिक ब्याक्तित्व केबि हमाल, सागर नेपाल, प्रवासी नेपाली सम्पर्क बिभागबाट गोपाल न्यैापाने, नेपाली समाज कतारबाट तेज मोक्तान तामाङ, कतार नेपाली एकता समाजबाट कमल आचार्य, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, नेपाली जनसम्पर्क समिति कतारबाट अजिज अलि, एनसिसि कतारबाट प्रथम उपाध्यक्ष कृष्ण पन्थी, एनआरएनए आइसिसि सल्लाहकार होमनाथ शर्मा, उपाध्यक्ष राज रेग्मी, प्रवासी नेपाली मञ्च कतार संस्थापक अध्यक्ष कमल मणि गुराँगाई लगायतले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

मन्तव्यकै क्रममा प्रवासी नेपाली मञ्च कतारका पुर्व अध्यक्ष अन्तर्राष्ट्रिय कमिटीका सह सचिव चानक पोख्रेलले नेपाली श्रमिकका मुद्दा लिएर ११ देशका दूतावासमा ज्ञापनपत्र बुझाएको बताएका थिए भने मञ्चले विदेशमा रहेका नेपालीले स्वदेशमा भोट गर्ने अधिकार पाउनु पर्छ भनेर ४२ देशमा ज्ञापनपत्र पनि बुझाएको बताए । उनी थप भन्छन “हामीले यो संस्था स्थापना गरेर टुकुटुकु हिडाउँदै अहिलेको युवा अवस्थामा ल्याई पुर्याएको हौँ”। अन्तराष्ट्रिय कमिटीका उपसचिव समेत रहेका पोख्रेलले प्रवासबाट श्रमिकहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा टेवा पुर्याएको भए पनि प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई अपहेलना गरेको भन्दै राज्यलेप्रति गुनासो गरेका थिए।उनले पूर्व श्रम मन्त्री विष्टलाई मध्ये पूर्वमा रहेका नेपाली श्रमिकहरुका परिवारको शिक्षा, स्वास्थ्य तथा रोजगारको व्यवस्था गराउनको निम्ति संसद तथा देशको सम्बन्धित निकायमा आफ्नो कुरा राख्नु पर्दछ भन्दै तपाईंले यति गर्न सक्नु भयो भने प्रवासी नेपाली श्रमिकले कालान्तर सम्म नभुल्ने भन्दै मध्य पूर्वको आवाज शसक्त रूपमा उठाउन आग्रह गर्दै कार्यक्रम उदेश्य अनुरूप बोल्न वक्ताहरूलाई अनुरोध समेत गरेका थिए भने प्रवासी नेपाली मञ्च कतारका पूर्व अध्यक्ष दिल किरण खजुम लगायतका नेताहरूको सम्झना गर्दै प्रवासी नेपाली मञ्च कतारको १९औँ स्थापना दिवस मनाउन पाउदा आफू अत्याधिक हर्षित भएको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गोकर्ण विष्टले आफ्नो मन्तव्य राख्दै कतारमा रहेका प्रतिनिधित्व मुलक संस्थाको रूपमा कतारमा रहेका विभिन्न संघ सस्थामा काम गरेका साथिहरू यसरी एउटै मञ्चमा देख्दा खुशी लागेको बताए । मन्तव्यको क्रममा धेरैले महत्त्वपूर्ण सुझाव सल्लाहहरू दिएको भन्दै बिष्टले कतारका नेपाली श्रमिकहरूले भोगेका दुःख, कष्ट र समस्यालाई नजिकबाट नियालिरहेको छु, फर्किदा एउटा असल भरीया बनेर बोकेर लानेछु र सरकार तथा संसदको ढोका ढकढकाउदै सबै समस्या समाधानार्थ पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्तव्यलाई जोड्दै बिष्टले नेपाली श्रमिकहरू धेरैजना परिवारको पेट पाल्नको लागि मात्रै पनि बाध्यताको जिन्दगी जिउन बाध्य छन, त्यसैको निम्ति नेपालबाट हजारौंको संख्यामा युवा दैनिक बिदेश पलायन हुने गरेकोले देश युवा बिहिन भएको र देशमा वृद्ध- वृद्धा उमेरका र स-साना बच्चाहरु मात्र रहेको बताए भने अहिले सम्म संसारका १४० भन्दा बढी देशमा श्रम गर्न नेपालीहरू पुगेको जानकारी गराउदै देशमा रोजगारीको सिर्जना नहुदा २०७४ – ७६ मा २ लाख ७६ हजार युवाहरू बिदेशिएकोमा त्यो संख्या बढेर २०८० मा लगभग ९ लाख युवा वैदेशिक रोजगारिका लागि परदेशिएको बताए र सन् २०२२ मा कतारबाट नेपाली श्रमिकले रेमिट्यान्स मार्फत मात्रै १ खर्व पैसा पठाएको बताएका थिए ।

बिष्टले देशको समृद्धिको लागि सम्पुर्ण नेपालीले चिन्ता जाहेर गर्नु स्वभाविक भएको भन्दै हिजोका दिनमा कहाँ कमि कमजोरि भए , आउँदा दिनमा परिणाम कसरी निस्कन्छ, विकास, समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने बारेमा सबै पार्टीले गम्भीर समिक्षा गर्नेबेला आएको बर्ताए, देश धनि हुन सकेन भने नागरिक अन्तराष्ट्रिय मन्चमा सम्मानित हुन सक्दैन जब सम्म काम गरेर खाने श्रमिकको जीवन स्तर माथि उठ्न सक्दैन तब सम्म देश माथि उठ्न सक्दैन त्यो देशले उन्नति प्रगति गर्न नसक्ने बताएका थिए ।

कार्यक्रम अवधिभर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल शाखा कतारका अध्यक्ष शिवराम ढकाल लगायत कहरु रेशमी बिस्वकर्मा, मनिस कुमार गोस्वामी, बाबू कौशल, राजन परियार, पदम सेन्चुरी,लक्ष्मी कार्की लगायतले देशप्रेमले ओतप्रोत भएको गीत राट्रियता साट्दैनौ हामी, सिमली छायामा बसी तथा मैथली अनि भोजपुरी गीतहरुमा प्रस्तुत गरेर कार्यक्रमलाई अझै आकर्षित बनाएका थिए।

प्रवासी नेपाली मञ्च कतारका सचिव तथा संगठन विभाग प्रमुख बिनेश तामाङ्गले सहजीकरण गरेका कार्यक्रमको अन्त्यमा प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतार तथा कार्यक्रमका अध्यक्ष प्रभात त्रिपाठीले मञ्च कतारका संस्थापकहरूमा मञ्चलाई स्थापना गराएर यहाँ सम्म ल्याउन अथाह सहयोग गर्नु भएकोमा आभार प्रकट गरेका थिए । उनले प्रवासी नेपाली मञ्च कतार श्रमिकको सँस्था भएको हुँदा सधैँ श्रमिकका समस्याहरू निराकरण गर्नको निमित्त सङ्घर्षको मैदानमा रहने गरेको बताउँदै ” सिद्धान्तको लागि जीवन होइन, जीवन को लागि यी सिद्धान्त बनेका हुन” भन्ने बुझ्न जरुरी रहेको बताए । हिजोका दिनमा बिगारिएको समाजलाई मिलाउन वैचारिक संस्थाहरू मिलेर NCC को निर्वाचन मार्फत छरपष्ट भएको नेपाली समाजलाई एक ढिक्का बनाउँदै समाज बिगार्ने शक्तिलाई पराजयको स्वाद चखाएको बताउदै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरू लगायत सम्पुर्णलाई कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिएकोमा हार्दिक धन्यवाद दिएर कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रमका विच प्रवासी नेपाली मञ्च कतारले श्रमिकका नेता विष्टलाई सम्मान गर्दै दोसल्ला ओढाएर मायाँको चिनो समेत प्रदान गर्यो ।

 

सम्बन्धित समाचार