गैरआवासीय नेपाली तारा – २०२३, (चौथो संस्करण) को सेमिफाइनल भिडन्त आउने शुक्रबार हुने…..

दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा गायन तथा नृत्य बिधाको जारी गैरआवासीय नेपाली तारा – २०२३, (चौथो संस्करण) को तेस्रो चरण अर्थात सेमिफाइनल कार्यक्रम १२ जनवरी २०२४ अर्थात यहीँ आउने शुक्रबार प्लाजामल स्थित वेलफेयर रेस्टुरेण्टको सभा हलमा हुने भएको छ ।

यस अघि कार्यक्रमको मिति तोकिएको भए पनि स्थान र समय भने भर्चुवल माध्यमबाट एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, तमु (गुरुङ) समाजकि अध्यक्ष टौमाया गुरुङ, एनसीसी कतारका दित्तिय उपाध्यक्ष केशव कार्की, तमु (गुरुङ) समाजका संरक्षक बुधबल गुरुङ, एनसीसी कतारका सचिबहरु रोशन अर्याल, सन्तोष क्षेत्री, सुरज शर्मा अधिकारी कार्यक्रम संयोजक तथा व्यवस्थापक तमु (गुरुङ) समाजका मदन गुरुङ र सल्लाहकार खुशीमान गुरुङ लगायतको उपस्थितिमा गत ६ जनवरी २०२४ शनिबारको साँझ बसेको सयुक्त सचिवालयको तेस्रो बैठकले स्थान र समय तोकेको हो।

“नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौ” भन्ने मुल नारा बोकेर प्रवासमा लुकेर बसेको कला गलालाई प्रष्फुटन र उजागर गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ आयोजना गरिएको चौथो सिजनको तेस्रो अडिसन अर्थात सेमिफाइनलमा गायनतर्फ १७ र नृत्यतर्फ १० गरि २७ जनाले प्रतिस्पर्धा गर्नेछन जस अन्तर्गत गायन विधाबाट सुजन गुरुङ, बुद्ध सिंह लिम्बू, भीम बहादुर कार्की, जोन विक, असोक गुरुङ, रुष्तम तामाङ, मानसिङ परियार, ईशान रेग्मी, सुरज केसी, मालती लामा, वनिता राई, दीपक कुमार घले, गौतम सामी लिम्बू, प्रविन रामदाम, क्षितिज तामाङ, उत्तम राई र सरला तामाङ र नृत्य विधाबाट जुनुमाया कुमाल, झरना राई, दिया सिंह, जीवन खालिंग राई, अमित राई, रिता श्रेष्ठ, सौजार चाहार, निरु श्रेष्ठ, सरोज लामा र सुनिता शेर्पाले प्रतिस्पर्धा गर्दै छन भने यिनै मध्यबाट उत्कृष्ट ५/५ जनाले ग्रान्ड फिनालेमा स्थान पक्का गर्नेछन् ।

आन्तरिक रुपमा बिहान १० बजे सुरु भई दिउँसो ३ बजे सकिने समय तालिका रहेको कार्यक्रममा निर्णायक तथा प्रतिस्पर्धी कलाकारहरुलाई कार्यक्रम स्थान सम्म आउन यातायातको व्यवस्था गरिने आयोजक समितिले जानकारी गराएको छ भने अतिथि निर्णायकको भूमिकामा सर्जक तथा सङ्गीतकार प्रभात त्रिपाठी रहने पनि सचिवालयको बैठकले निर्णय गरेको कार्यक्रम संयोजक मदन गुरुङले जनता खबरलाई बताएका छन ।
उनले थप प्रष्ट पार्दै भने कार्यक्रम सकिए पश्चात् दुबै बिधाका प्रतिस्पर्धीहरुको नतिजा सोही दिन घोषणा गर्ने र तमु (गुरुङ) समाज र एनसीसी कतारको आधिकारीक पेजबाट पनि प्रकाशन गरिनुको साथै फेब्रुअरी २ मा हुने ग्राण्ड फिनाले कार्यक्रमको स्थान र समय पनि त्यसै दिन जानकारी गराउने बताए ।

ग्राण्ड फिनालेमा नेपालबाट सम्बन्धित बिधाका १/१ जना अतिथि निर्णायक र राष्ट्रिय आविष्कार केन्द्र नेपालका सस्थापक अध्यक्ष महावीर पुन आउने तालिका रहेको छ भने प्रतियोगितामा विजय हुने प्रतियोगीले गायन तर्फ -१ लाख ८१ हजार र नृत्य तर्फ १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन भने उपविजेताले समान ७५ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाउनेछ्न ।

प्रतिस्पर्धामा गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मङ्गल वि.क र  नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालीरहेका छन् ।

 

सम्बन्धित समाचार