एनसीसी कतारको पहलमा घर फर्किन रामेछापकी चेली दुर्गा मायाँ बस्नेत……..

दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको पहलमा केही समयदेखि समस्यामा परेकी १ जना नेपाली चेलीलाई गत सोमबार अर्थात जनवरी ८ तारिक नेपाल पठाइएको छ ।

नेपाली श्रमिकको निरन्तर उद्दार, राहत, सहयोग र हक-हितको पक्षमा सक्रियताको साथ जुटेको एनसीसी कतारले रामेछाप जिल्ला घर भएकी चेली दुर्गा मायाँ बस्नेतलाई छोटो समयमै घर फिर्ता गर्न सफल भएको एनसीसी कतारका द्वितीय उपाध्यक्ष केशव कार्कीले जानकारी गराएका छन ।

नेपालको सप्तकोसी म्यानपावरबाट रोजगारीको शिलशिलामा २ महिना अगाडी मात्र ” बेट अल्करम हस्पिटलिटी एन्ड क्लिनिङ सर्भिस कम्पनी ” मा आएकी बस्नेतलाई कहिले प्राइभेट घरमा काम गर्न पठाउने, त कहिले अन्य कम्पनीमा पठाउने गर्नुको साथै तलबको कुरा गर्दा उल्टै थर्काउने गरेको पीडितको भनाई थियो।

२ महिना देखि काम गर्दै आएको भए पनि खानलाई भनेर २०० कतारी रियाल मात्रै दिएको र त्यो पैसा सकिएपछि खाना खान समस्या भएपछी आफू आएको म्यानपावर सङ्ग कुरा गर्दा उल्टै धम्की दिने नेपाल फिर्ताको लागि टिकटको कुरागर्दा दिइएको पैसा एक रुपैया पनि फिता नदिने आफुले जे गर्न सक्छौ गर भन्ने गरेको पीडितले गुनासो थियो ।

यहि विषयमा केहीदिन अगाडि सामाजिक अभियान्ता सामुयल सुनुवारले एनसिसि कतारलाई जानकारी गराएका थिए । सोहि जानकारी अनुसार द्वितीय उपाध्यक्ष कार्की सहित युवा संयोजक टोकन लामाको पहलमा ८ उनी आएको मेनपावरबाटै टिकट उपलब्ध गराई जनवरी २०२४ को दिन यहाँको कानुन अनुसार आवस्यक प्रक्रिया मिलाई पीडित बस्नेतलाई नेपाल पठाउन सफल भएको एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले जनता खबरलाई जानकारी गराएका थिए ।

 

 

सम्बन्धित समाचार