अहिले विगत का संघर्ष सम्झदा कुनै सिनेमा को कहानी जस्तै लाग्छ। विरेन्द्र कुमार साह 

करिव बिक्रम सम्वत २०४६/४७ को स्कुल जीवन सम्झदा कहिले काहीँ एकलै मन भक्कानिन्छ ।

त्यस ताका देश मा बहुदल र निर्दल को लडाइ चली रहेको थियो कसैले चार जना एक ठाउँ जम्मा भएर केही छलफल गर्नै नहुने। राजनीति गर्यो भनेर राजा का साहिसेना र पुलिस ले लखिटिहाल्ने। र पनि गाउमा बुवा को नेता भनेरै पहिचान भएको थियो किन कि गाउका सबै जस्तो समस्या बुवा ले नै सरकार संग लड्ने गरेको थियो। त्यही लडाइ कै क्रम मा एकातिर बुबा भुमिगत , पार्टी बनाउन ब्यस्त अर्कोतिर आमाको काधमा सात छोराछोरीलाइ पाल्ने पढाउने अभिभारा। म जेठो छोरा घर खेतवारी र दिउसो गाइभैसी चराउन जानुपर्ने। स्कुलमा first student भएकोले पढाइलाइ पनि मेहनत साथ निरंतरता दिनुपर्ने नत्र अरुले उछिन्देला भन्ने डर। जे होस 2047 मा SLC मा एक जना भए पनि first division ल्याएर स्कुलको इज्जत जोगाइयो।

त्यसबेला बहुदलीय प्रजातन्त्र भर्खरै आएको थियो।पार्टीहरु खुला भएको थियो र चुनावी माहौल थियो। बुबा चुनाव मा जोरतोरका साथ लागेर आफ्नो पार्टीको आफ्नै साथी लाइ सन्सद मा जिताउनुभो। तर त्यो खुशी धेरै दिन टिकेन। कसै को अँखा लाग्यो केही समयमै विपक्षी दल (पार्टी ) ले आफ्नै मान्छेलाइ आफैले मारेर मेरो बुबा लगायत अरु साथीहरुलाइ खुनी मुद्दा मा फसाइयो। । त्यसै ले बुबा फेरि भुमिगत हुनुपर्यो आफ्नो ज्यान जोगाउन । यता गरिवीको जर्जर अवस्था । खान लाउन पनि हम्मे हम्मे भको थियो आफ्नो सानो खेतवारि हुदा हुदै बुवा को अनुपस्थितले त्यतिकै बाँझो राख्नु परेको थियो । फेरि बुबालाइ भेटन पहाड को कन्द्रा कन्द्राहरुमा जानुपर्ने त्यहा संगै को पार्टी को र जस्को मा बसिन्थ्यो वहाँ लाइ दया लागेर धान दिनुहुन्थ्यो। म र आमा सकि नसकी बोकेर ल्याउथ्यौ। घरबार जसोतसो चल्दैथियो।

यता SLC pass गरेको एक वर्षपछि I.Sc. Forestry मा entrance दिएर scholarship मा नाम निस्क्यो। मेरो खुसी को त सिमा नै थिएन तर पढ्न पोखरा जानुपर्ने। र जाउ त जाउ कसरी जाने भाडा पनि थिएन। म विद्यार्थी राम्रो तेजिलो र स्कुल को इज्जत बचायेको ले हेड्सर र नाना(आमाको बुबा) ले 1000/1000 दिनुभयो र म पढ्न पोखरा गए। 2 वर्ष पछि I.Sc. पास गरे । बुबा भुमिगतमै काठमाडौ पुग्नुभयो। त्यहा म र आमा पुग्दा भक्तपुर मा भडा मा धागो कारखाना खोल्नुभएको थियो । म र मेरि आमा संगै रहेर सक्दो साथ दिए तर पनि असफल भैयो। त्यस पछि केगर्ने नगर्ने भनी अन्योल मा केही दिन बित्यो र केही दिन पछि त्यहि एउटा सानो होटेल( खाजा पसल) खोलियो। के गर्नु पसल त्यति नचलेर भक्तपुर कै फुटपाथमा फलफूल बेच्न थालियो। बुबा र म कालिमाटी पुगेर ढाकिमा केरा किनेर टाउकोमा बोकेर त्रीपुरेश्वर पुगेर ट्रलिबसमा चढेर सुर्यबिनायक गैइ त्यहा पुगेर फेरि टाउकोमा बोकेर कमलबिनायक जान्थ्यौ किन भने टेम्पो चड्ने पैसा नपुगेर अनि बचत गर्न पनि । त्यहा पुगेर केरा पनि बेचियो। परिबार पाल्नै गार्हो भएको थियो। जाबो दुई ढाकी केरा बेचेर कसरी तीन चार जना को परिवार पाल्न सक्थ्यो र ? पछि गाउको बारि बेचेर ब्यापार मा लागाएर पनि केहि लागेन।

त्यहिबेला एकजना RNAC साही नेपाली वायुसेवा निगम को एक जना हाकिम ले त्यसको पछाडी फुटपाथ मा चिया बेच्न सल्लाह सहित चाहिदी सबै मद्दत गर्नुभो। त्यहाबाट नै मानौ हाम्रो जीबनमा परिवर्तन को मोड लियो। बिस्तारै पसल राम्रो चल्न थाल्यो स्थानीय को साथ र सहयोग पनि राम्रै पाए अलि अलि नाफा हुदै गयो। केही दिन पछि एउटा सटर भाडा मा पाए अनि सटर लिएर अलि राम्रै होटेल व्यवस्थापन गरेर चलाउन थालियो। म आफू ranger को job हुम्लातिर पाएको थिए तर परिवार को जिम्मेवारी र अभिभाराले नोकरी छोड्दिए। अनि दिनभरि होटेल चलाउने र बेलुका काठमाडौ मै शिक्षा क्याम्पस मा B.Ed. with major English पढन थाले।बिस्तारै जीवन सुध्रदै गयो । बुबासङ्गै होटेल र गेस्ट हाउस पनि चलाउँदै गर्दै केही दिन पछि काठमाडौ मै जग्गा पनि किनियो र विक्रम सम्बत २०६० मा कपन को थाना चौक मा घर पनि बनाइयो। म आफु Boarding school पढाउदै M.Ed. पनि क्लियर गरियो, 10 plus 2 दरबन्दि मा पढाउदै आफू पनि पढदै अहिले मा.वि. स्तर मा English प्राध्यापक मा नाम निकाल्न सफल भए।

जे होस संघर्ष को यात्रा कठिन भएपनि प्रतिफल असाध्य मीठो हुदो रैछ अहिले सम्झदा आनन्द महशुस हुन्छ। थोरै जीबनमा सफल भए पनि भगवान लाइ धेरै धेरै साधुवाद।जीवनमा अझ धेरै जिम्मेवार संगै धेरै काम गर्नु छ। र मेरो निरन्तरता जारी छ । ……….. भाग 2 क्र. म. स.

सम्बन्धित समाचार