दोहा,कतार- विगत केहि समय देखि विभाजित भएको दुई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतार अन्ततः मिल्ने पक्का भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को सम्पन्न बृहत एकता पछि पनि दुई धारमा उभिएका एनसीसी कतार पटक-पटकको सम्वाद र छलफल पश्चात् आपसी सहमति, समन्वय र संस्थागत एकताको भावनालाई एक अर्काले आत्मसाथ गर्दै ऐतिहासिक एकताको निर्णायक चरणमा पुगेको हो । संघले मंगलबार आफ्नो फेसबुक वालमा एक सुचना जारी गर्दै आईसीसीकै एकीकृत भावना अनुरूप दुवै पक्षबीच सकारात्मक संवाद, सहकार्य तथा विभिन्न चरणका छलफलहरू मार्फत एकता प्रक्रिया सफलता पूर्वक निष्कर्षमा पुर्याएको बताउदै “एनसीसी एकता घोषणा कार्यक्रम” को आधिकारिक व्यानर सार्वजनिक गरेको छ ।
संघले जारी गरेको सुचना अनुसार आगामी शुक्रबार अर्थात १५ मे २०२६ को दिन सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुने तालिका रहेको छ । नेपाली समुदायको साझा हित, एकता, सहकार्य तथा संस्थागत सुदृढीकरणका लागि आयोजित उक्त ऐतिहासिक कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण दोहाबासी नेपालीहरुलाई आयोजक समितिले अनुरोध पनि गरेको छ ।




प्रतिक्रया दिनुहोस्