नेपाल मगर संघ शाखा कतारले मनायो भब्य “माघ्या सकराटी”तथा मगर मिनाम ल्हेस (५०१७) -२०२४…….

दोहा कतार – नेपाल मगर संघ शाखा कतारले मगर समुदायको प्रमुख राष्ट्रिय पर्व माघ्या सकराटी, वनभोज तथा बृहत साँस्कृतिक कार्यकमको आयोजना गरि दोहाको न्यु सलाता स्थित अल अरबी स्पोर्ट्स क्लबको हलमा गत शुक्रबार भब्य रुपमा मनाएको छ।

कार्यक्रम नेपाल मगर संघ शाखा कतारका अध्यक्ष रेशम आले मगरको सभापतित्व, नेपाली राजदुतावास कतारका कार्यवाहक राजदूत कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यताको साथै एनआरएनए एनसीसी कतारमा अध्यक्ष रमेश भट्टको बिशिस्ट आतिथ्यता, जनजाति महासंघ कतारका अध्यक्ष डि.एन मगर, लगायत कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवीहरुको बिशेषआतिथ्यताको साथै कलाकार, पत्रकारहरु र उल्लेखनीय दर्शकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो।

बिधिवत रुपमा दिप प्रज्वलन गरि औपचारिक रुपमा सुरु भएको कार्यक्रममा राष्ट्रिय गान र मगर गान गाए पश्चात् प्रथम सहिद लखन थापा मगर र ज्ञात अज्ञात सहिदको सम्झनामा मौन धारण गराइएको थियो भने संघमा आवद्ध रहेका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

अतिथि स्वागत र साँस्कृतिक कार्यकम गरि दुई चरणमा बिभाजन गरिएको कार्यक्रमको पहिलो चरण संघका महासचिब समीर थापा मगरले सहजीकरण गरेका थिए साथै संघका उपाध्यक्ष कुमार राहादी मगरले स्वागत मन्तव्य र कार्यक्रमको बारेमा कार्यक्रम संयोजक देबी कुमारी मगरले प्रष्ट पारेकी थिइन्।

सस्थाको साँस्कृतिक परिवारमा आबद्ध कलाकारहरुले सामुहिक नृत्य, एकल नृत्य, सालैजो, हुर्रा झ्याउरे गीतहरुमा नृत्य प्रस्तुत गर्दै दर्शकहरुलाई आकर्षक बनाएका साँस्कृतिक कार्यक्रममा नेपालबाट साँङ्गीतिक प्रस्तुतिको लागि पहिलो पटक अन्तर्राष्ट्रिय यात्रा गरेकी गायिका रुपी सिञ्जाली मगरले सुरुमा आफ्नो प्रस्तुति राखेकी थिइन उनले नारायणी तिरमा, कोदोको पानी, सम्झनाले, चन्चले, कसम खाए लगायत आधा दर्जन गित प्रस्तुत गरेर माहोल अझै तताइदिएकी थिइन ।

नेपाल मगर शाखा कतारका सचिब सोम थापा  मगर  नेपाल मगर संघ कतारको केन्द्रिय सदस्य रबिना मगरले मिलेर सहजीकरण गरेका साँस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार डान्सर अस्मिता राना मगरले छोड्यौ चटक्कै, अरेली काडैले लगायतका गीतमा आफ्नो उत्कृष्ट कला प्रस्तुत गरिन भने आयो सक्रान्ती भन्ने शुभकामना गीत गाउदै स्टेज चढेका गायक डोलराज डोलराज बाह्रघरेले दयारी बनैमा, मुसुक्क माया झ्याउरे लगायतका गितहरु गाएर दर्शकलाई नचाएका थिए।

जनजाति समुदायका परम्परा अनुसार मगर संघलाई किरात मुल समारोह समिती, तमु ( गुरुङ) समाज कतार, नेपाल प्रवासी तामाङ समाज कतार, थारु कल्याणकारिणी सभा कतार च्याप्टर, किरात याक्थुङ चुम्लुङ कतारले एकअर्कामा सद्भाव प्रकट गर्दै एक समुदायले अर्को समुदायलाई सगुन (कोशेली) स्वरुप उपहार प्रदान गरेका थिए भने कार्यक्रमको दौरान कार्यक्रम सभापति, प्रमुख अतिथी, विशिस्ट अतिथिहरुलाई खादा र फेटा लगाएर सम्मान पनि गरिएको थियो ।

नेपालबाटै आमन्त्रित हास्यकलाकार तथा गायक अर्जुन कुवर (पित्री बुढाले) आँशुको कारखाना, डाली बस्यो चरी मैना, गुल्मी छापहिलेमा लगायत आधा दर्जन गीत गाएर दर्शकहरुलाई झुमएका थिए। कार्यक्रमको अन्तमा केही कमेडी सामाग्रीहरु प्रस्तुत गरेर भरपुर मनोरञ्जन गराएका कुँवरले आफू पहिलो चोटि कतार आउन पाएकोमा खुशी व्यक्त गर्दै यो अवसर जुराइदिएकोमा आयोजक समितिलाई धन्यवाद दिएका थिए।

कार्यक्रममा कार्यबाहक राजदूत कृष्ण कुमार सुवेदी, एनसीसी अध्यक्ष रमेश भट्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सभापति आलेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार