राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान केन्द्रका उपाध्यक्ष कृष्ण रेउले कतार शाखाद्वारा सम्मानित……

दोहा कतार – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल शाखा कतारले प्रतिष्ठान केन्द्रका उपाध्यक्ष कृष्ण रेउलेलाई सम्मान गरेको छ।

शनिबार साँझ प्लाजामल स्थित संसारा थकाली ओरन्टियल रेस्टुरेन्टको सभाहलमा प्रतिष्ठान शाखाले आफ्नो साँङ्गीतिक कार्यक्रमको लागि कतार आएको मौका पारी एउटा स्नेह मिलन तथा सम्मान कार्यक्रम राखी सम्मान पत्रको साथमा दोसल्ला ओढाएर उपाध्यक्ष रेउलेलाई सम्मान गरेको हो।

अध्यक्ष शिवराम ढकालको सभापतित्व, प्रतिष्ठान शाखाका प्रमुख संरक्षक प्रभात त्रिपाठीको प्रमुख आतिथ्यता, संरक्षक तथा प्रशिक्षक मंगल बि.क, सल्लाहकार प्रकाश बिश्वकर्मा, अन्तर्राष्ट्रिय कलाकार मंच कतारका अध्यक्ष भबिन तामाङ्ग, विशेष सहयोगी अमृत बिश्वकर्मा, सङ्गीतप्रेमी बिष्णु देवकोटाको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रतिष्ठान शाखाका पदाधिकारीहरु, सदस्यहरु साथै अन्य थुप्रै कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रममा बोल्दै गर्दा प्रमुख अतिथि त्रिपाठीले कतारमा सस्था स्थापनाको समयमा भोग्नु परेको तिता मिठा पलहरुको स्मरण गर्दै संस्था तेस्रो कार्यकाल सम्म आइपुग्दा पनि संस्था प्रतिको आफ्नो दायित्व निभाउन आफू कहिलेई पछी नहटेको र सकेको साथ-सहयोग आगामी दिनहरुमा पनि निरन्तर रहने बताएका थिए साथै अध्यक्ष शिवराम ढकालको वर्तमान कार्यकालले शाखालाई उल्लेखनीय रुपमा सफलता हासिल गरिरहेकोमा खुशी व्यक्त गरेका थिए।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रेउलेले आफू कतारको बिमानस्थल प्रयोग गरेर विश्वभरीका विभिन्न देशमा यात्रा गर्ने अवसर पाए पनि कतारभित्र भने २००३ मा आएको र करिब २० वर्षपछी आएर सबैलाई भेट्न पाएकोमा खुशी व्यक्त गरेका थिए। उनले थप बोल्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान शाखा कतारले गरेको सम्मान प्रति नतमस्तक भएको र आफुलाई अझै धेरै जिम्मेवारी बोध भएको बताए।

रेउलेले परदेशी भुमिमा रहेर डिउटिको बाबजुद कलाकार जुटाएर संगीत प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको सुन्दा शाखाको उच्च प्रशंसा गर्दै नेपालमा भएका जिल्ला शाखाहरु र केन्द्रले पनि यसबाट पाठ सिक्नु पर्ने बताएका थिए। कतारको शाखाको आगामी योजना-प्रत्यक्ष दोहोरी तथा लोकगीत प्रतियोगीताको आयोजना बारे सफलताको शुभकामना दिदै कतार शाखालाई केन्द्रले गर्ने सक्ने सम्पुर्ण साथ सहयोग गर्ने प्रतिबद्धता गर्दै स्नेह मिलन र सम्मानको लागि कतार शाखा परिवार सबैलाई धन्यवाद दिएका थिए ।

प्रतिष्ठानकी महिला सचिब रेस्मि बिश्वकर्माले सहजीकरण गरेको कार्यक्रमको अन्तमा कार्यक्रम सभापति तथा प्रतिष्ठानका अध्यक्ष शिवराम ढकालले संस्थाका केन्द्रीय संस्थापक ज्युहरु साथै कतार शाखाका संस्थापक ज्युहरु प्रति उच्च सम्मान व्यक्त गर्दै संस्थाले गर्दै आएको कामहरुको जानकारी गराउदै आफु स्वयं पनि स्थापना काल देखी वर्तमान सम्म अहोरात्र खटेको अनुभव सुनाउदै उक्त सम्मान कार्यक्रममा सरिक सबैलाई धन्यवाद दिएका थिए भने संरक्षक तथा प्रशिक्षक मंगल बि.क, सल्लाहकार प्रकाश बिश्वकर्मा, अन्तर्राष्ट्रिय कलाकार मंच कतारका अध्यक्ष भबिन तामाङले संस्था लाई थप उचाईमा पुर्याउनमा संस्थाका अध्यक्ष शिवराम ढकाल लगायतको सिङ्गो टीमलाई धन्यवाद दिएका थिए। संस्थाका बरिष्ठ उपाध्यक्ष कृष्ण ढकालले स्वागत मन्तव्यको क्रममा उपस्थित सबैलाई स्वागत गर्दै प्रतिष्ठान शाखा कतारलाई प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्ण सहयोग दाताहरु प्रति सम्मान व्यक्त गरेका थिए।

 

 

 

 

सम्बन्धित समाचार