नेपाल तामाङ घेदुङ प्रवासले मनाउन लागेको सोनाम ल्होछार कार्यक्रममा गायक राजेश पायल राई सहितका कलाकार टिम कतार आउदै….

दोहा कतार – नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिती कतारले यहि आउने शुक्रबार अर्थात फेब्रुअरी १६ को दिन नेपालबाट आमन्त्रित कलाकारहरु गायक राजेश पायल राई, तामाङ सेलो गायिका रेश्मा बम्जन तामाङ, म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा र गायक उमंग लामाको साथमा सोनाम ल्होछार कन्सर्ट – २०२४ आयोजना गर्ने पक्का भएको छ।

गत बिहीबार साँझ समितिले एक पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रमको बारेमा जानकारी गराएको हो, पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कार्यक्रम हेर्न आउने सबैलाई टिकट लाग्ने र टिकट क्यु टिकट डट कममा गएर अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष बिकास स्याङ्तान तामाङले जनता खबरलाई जानकारी गराएका छन।

अल अरबी स्पोर्टस क्लबको सभाहलमा हुने कार्यक्रम हेर्न आउने दर्शकहरुलाई ४ प्रकारको टिकट दर तय गरिएको छ जसमा महिलाहरुको लागि कतारी रियल – ५०, पुरुषका लागि कतारी रियल – ७५, भीआईपी टिकट – १०० र परिवारका साथ आउन चाहाने दर्शकहररुको लागि एक मुस्ट कतारी रियल – ५०० तोकिएको आयोजक समितिले बताएको छ।

बिहान ठिक – ११ बजे गेट खुल्ने र १२ः३० बजेबाट शुरु हुने कार्यक्रम हेर्न आउने दर्शकहरुको सुबिधाको लागी कतारका विभिन्न स्थानबाट यातायातको व्यवस्था समेत गरिएको कार्यक्रम संयोजक एक्का प्रसाद तामाङले बताए ।

गत बर्ष गायक राजु लामालाई आमन्त्रित गरेर भव्य कार्यक्रम गरेको समितिले यो वर्ष कार्यक्रमलाई अझै भव्य बनाउने उद्देश्यले गायक राईको साथमा थप अरु कलाकारलाई पनि आमन्त्रित गरे सङ्गै अनलाइन टिकट, यातायातको व्यवस्था र उल्लेखनीय स्वयंसेवक परिचालन गर्ने तयारी रहेको अध्यक्ष तामाङले सम्मेलनमा जानकारी गाराएका थिए।

तामाङ समुदायको राष्ट्रिय पर्ब मानिने सोनाम ल्होछारलाई नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने गरिन्छ।

सम्बन्धित समाचार