गुल्मी सेवा समाज कतारले भव्य रूपमा मनायो आफ्नो २०औं बार्षिक उत्सव…..

दोहा कतार-गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता “ भन्ने मुल नाराको साथ सन: २००३ मा स्थापना भएको गुल्मी सेवा समाज कतारले आफ्नो २०औं बार्षिक उत्सव तथा आन्तरिक बनभोज कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न गरेका छ।

समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पान्डेयको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश मातहतमा रहेका विभिन्न जिल्ला सस्थांका अध्यक्ष तथा प्रतिनिधिहरुको साथै कतारमा रहेका गुल्मेली तथा गैरगुल्मेलीहरुको बिशेष उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मित्र बि एसले स्वागत मन्तव्य राखेका थिए ।

बिधिवत रुपमा उद्घाटन सहित अघि बढेको कार्यक्रममा मन्तव्य राखेका अधिकांश वक्ताहरुले गुल्मी सेवा समाज कतारले स्थापना काल देखी नै गृह जिल्ला तथा कतारमा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको बताउदै समाजको खुलेर प्रशंसा गरेका थिए ।

समाजका सह-सचिब कुमार राहादी मगरले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथी पान्डेयले प्रवासमा मात्र नभइ गृह जिल्लामा समेत परि आउने विभिन्न समस्याहरुमा समाज सारथी बनेर उभिएको बताउदै गुल्मीका बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले समाजले बिगत लामो समय देखि छात्रवृत्ति अभियान चलाउदै आएको र त्यसलाई थप निरन्तरता दिन समाजले चलाएको अभियानहरुमा सबैले हातेमालो गरिदिन आग्रह गरेका छ्न ।

६६ नम्बर बृज नजिकैको जुवाराको मजरामा भएको कार्यक्रमको अन्तमा सभापति कमल अर्यालले नितान्त सामाजिक कार्य गर्दै आएको समाजले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता गर्दै कार्यक्रम सफल पार्न अहोरात्र खट्ने सम्पूर्ण टिमलाई र उपस्थित भएका गुल्मेली तथा गैरगुल्मेली सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए।

 

 

 

 

 

सम्बन्धित समाचार