नेपाल प्रवासी तामाङ समाज कतारले दुई चरण गरि मनाउने भनिएको सोनाम ल्होछार बिशेषको पहिलो कार्यक्रम शुक्रबार भब्य सम्पन्न……

दोहा कतार – नेपाल प्रवासी तामाङ समाज कतारले दुई चरण गरि मनाउन लागेको २८६० औं “सोनाम ल्होछार” को पहिलो चरण अन्तर्गतको तामाङ संस्कार संस्कृती तथा ल्होछार सम्बन्धि विशेष अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

समाजका अध्यक्ष सुवास तामाङको सभापतित्व, नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डि.एन मगरको प्रमुख आतिथ्यता, नेपालबाट आमन्त्रित बरिस्ठ संस्कृतिविद तथा अनुसन्धानकर्ता अजितमान तामाङको विशेष आतिथ्यता र कतारमा स्थापित विभिन्न जिल्ला तथा जातीय संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बिशिस्ट व्यक्तित्वहरु, समाजसेवी, बुद्धिजीवीहरु, लामा गुरुहरु, सामाजिक अभियान्ताहरु र उल्लेखनीय दर्शकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

“तामाङ संस्कार – संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौं तामाङ जातिको महान राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६० सोनाम ल्होछार घर–घरमा मनाऔं” भन्ने मुल नारालाई आत्मसाथ गर्दै बिधिवत रुपमा दिप प्रज्वलन सहित लामा गुरुहरु बाट पुजापाठ र राष्ट्रिय गान बजाए पश्चात् औपचारिकता पाएको कार्यक्रममा स्वागत मन्तव्य समाजकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक अस्मिता घिसिङ तामाङले राखेकी थिइन भने एनसीसी कतारका दित्तिय उपाध्यक्ष केशव कार्की, सामाजिक व्यक्तित्व सागर नेपाल, कलाप्रेमी व्यक्तित्व सामुयल, सुनुवार, शेर्पा किदुङ कतारका अध्यक्ष पेम्बा शेर्पा, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष सागर तुङ्बाहाङ्फे लिम्बु, सुनुवार सेवा समाजका कार्यबाहक अध्यक्ष कमल बिक्रम सुनुवार, थारु कल्याणकारीणी सभा च्याप्टरका सभापति हरि महतो, नेवा पुच कतारका अध्यक्ष राजु महर्जन, समाजको मानर्थ सदस्य गणेश अधिकारी, नेपाल मगर संघ शाखा कतारबाट समीर थापा मगर, धानुक सेवा समाजबाट तेजिलाल मण्डल लगायतका थुप्रै वक्ताहरुले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा नेपालबाट आमन्त्रित बरिस्ठ संस्कृतिविद तथा अनुसन्धानकर्ता अजित मान तामाङले नेपाल बहु जातीय, बहु सांस्कृतिक, बहु धार्मिक र बहुभाषिक बिशेषताको देशको रुपमा बिश्वसामु परिचित रहेको बताए, उनले ल्होसारको अर्थ खुलाउदै भने ‘ल्हो’ भन्नाले साल अथवा संवत्, ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँने हुनाले ल्होछारलाई पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षमा प्रवेश गर्ने दिन भनेर पनि बुझ्न सकिने बताएका थिए। तामाङ समुदायको राष्ट्रिय पर्व ल्होछार किन कसरी र कहिले देखि मनाईन्छ भन्ने बारेमा थप प्रष्ट पार्दै तामाङले ल्होछार पर्व तथा तामाङहरुको डम्फू बाजाको महत्त्वको बारेमा बताएका थिए ।

कार्यक्रममा बोल्ने क्रममै प्रमुख अतिथि मगरले तामाङ समाजले प्रवासी भुमी कतारमा रहेर पनि आफ्नो मौलिक संस्कार सस्कृती, रितिरिवाज र परम्परालाई जिवन्त राख्नको लागि गरिएको कार्यक्रम अत्यन्तै राम्रो र सकारात्मक भएको बताए मगरले ल्होछार कार्यक्रम खाने पिउने रमाउने भन्दा अलि फरक तरिकाको अन्तरत्रिया तथा प्रशिक्षण र ज्ञानबर्दक कार्यक्रमहरुको आयोजना गरेर केही हदसम्म भए पनि नेपालको विभिन्न चाडपर्व सम्बन्धि जानकारी गराउन सके लोप हुँदै गएको कला संस्कृति र चाडपर्वहरुको महत्त्व बुझ्नुको साथै खोजी हुने बताएका थिए।

शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम र साँस्कृतिक कार्यक्रम गरि दुई चरणमा हुने तालिका रहेको कार्यक्रमको दोस्रो अर्थात साँस्कृतिक कार्यक्रम २३- फेब्रुअरी २०२४ शुक्रबार साहनिया स्थित अलदोसरी जु गार्डेनमा पनि कार्यक्रममा जानकारी गराइएको थियो।

समाजका का.बा महासचिव श्री पाखृन तामाङले सहजीकरण गरेका कार्यक्रममा सभापती सुबास तामाङले उपस्थित भएर कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण र कार्यसमिती सदस्यहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

सम्बन्धित समाचार