बाग्मती प्रदेश समन्वय परिषद कतारद्वारा माननीय सांसद लेखनाथ दाहाल (राजन) सम्मानित….

दोहा कतार – सिन्धुली सेवा समाज कतारको ११औं अधिवेशनको लागि नेपालबाट प्रमुख अतिथि बनेर कतार आएका सिन्धुली जिल्ला क्षेत्र नम्बर -२ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको सदस्य माननीय लेखनाथ दाहाल (राजन) लाई बाग्मती प्रदेश समन्वय परिषद कतारले सम्मान गरेको छ ।

परिषद कतारका अध्यक्ष ललित कुमार तामाङ, प्रमुख सल्लाहकार राजेन्द्र देवकोटा (राज), सल्लाहकारहरुको साथै कार्यसमितिका पदाधिकारीहरू र बागमती प्रदेश मातहतका जिल्ला संस्थाहरूका प्रमुख एवंम प्रतिनिधिहरु सहितको बाक्लो उपस्थितिमा चलिरहेको सिन्धुली सेवा समाजको उक्त अधिवेशन कार्यक्रमबाट केही समय मिलाएर दाहल लाई सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान गरेको हो ।

अध्यक्ष तामाङले नेपालको राजनीतिक परिदृश्यमा उल्लेखनी योगदान पुर्याएका माननीय सांसद लेखनाथ दाहाललाई आफ्नो कार्यकालमा कतारमै भेटेर यसरी सम्मान गर्न पाउँदा आफू लगायत परिषद कतार हर्षित भएको बताए।

बाग्मती प्रदेश समन्वय परिषद कतारले दाहाललाई सम्मान स्वरुप दिइएको सम्मान पत्रमा “ दश वर्षे माओवादी जनयुद्ध कालमा चिफ इन कमान्डरको हैसियतमा अन्याय, अत्याचार, उत्पीडन र शोषणका विरुद्ध लड्दै धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिला निर्माण गर्न निर्णायक भूमिका खेलेको र उहाँको अटल समर्पण र साहसले नेपालको इतिहासमा अमिट छाप बन्नुको साथै आज उहाँको नेतृत्व र दूरदृष्टिको प्रमाणको रूपमा हाम्रो देशमा लोकतान्त्रिक व्यवस्था उभिएको हो” भन्ने कुरा सम्मान पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार