रामेछाप सेवा समाज कतारसङ्गको समन्वयमा कतारबासी नेपालीले पठाए रामेछापका अग्नि पीडितलाई आर्थिक सहयोग……

 

दोहा कतार- रामेछाप सेवा समाज कतारसङ्गको समन्वयमा कतारबासी नेपालीहरुले केही दिन अघि रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं – ०९ स्थित टाहार गाउँका अग्नि पीडितलाई आर्थिक सहयोग संकलन गरि पठाएका छन।

हर्दिनी सामुदायिक वनमा लागेको आगो अनियंत्रित भइ गाउँमा फैलिदाँ टाहार गाउँका १३ घरपरिवारको १३ वटा घर र १४ वटा गोठ जल्दा करिब १ करोड ६८ लाख बराबरको क्षेति भएकोले थोरै भए पनि पीडितहरुको दु:खमा साथ दिने उद्देश्यले कतारलाई कर्म थलो बनाउदै आएका रामेछापबासीले संकलन गरि पठाएको ४०,००० (चालिस हजार रुपैयाँ) हिजो (सोमबार) जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रम आयोजना गरि पीडित परिवारलाई बितरण गरिएको छ।

रामेछाप सेवा समाज कतारले आगोलागी भएको वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठसङ्ग समन्वय गरि आयोजना गरिएको राहत बितरण कार्यक्रममा समाजका अध्यक्ष एन.बि (नर बहादुर) घिसिङ, निवर्तमान सचिब निर्मल नेव:खड्गी, मन्थली नगरपालिका वडा नं.-१४ का वडा अध्यक्ष मोतिलाल तामाङ, सिदार्थ प्रिमियर लिमिटेडका शाखा प्रमुख नवराज खड्का, मार्केटिङ इन्चार्ज सुवास कार्की लगायत अन्य केही बुद्धिजीवी तथा बिशिस्ट व्यक्तित्वहरुको उपस्थितिमा पीडित परिवारलाई राहत स्वरुपको आर्थिक रकम बितरण गरिएको समाजका अध्यक्ष घिसिङले नेपाली जनता खबरलाई जानकारी गराएका हुन।

“प्रवासी रामेछापको आवाज, सभ्य समाज निर्माणको प्रयास” भन्ने मुल नाराको साथ २००४ मा कतारमा स्थापना भएको रामेछाप सेवा समाजले विभिन्न समयमा जिल्लामा परि आएको विषम परिस्थितिहरुको साथै आर्थिक विपन्न परिवारलाई सहयोग गर्दै आएको अध्यक्ष घिसिङले बताए भने कार्यक्रमको सहजीकरण संस्थाका निवर्तमान सचिब निर्मल नेव:खड्गीले गरेका थिए।

आगोलागी बाट सिताराम नेवार, रमेश श्रेष्ठ, पदममाया श्रेष्ठ, महेश तामाङ, नरबहादुर तामाङ, धनबहादुर तामाङ, फुर्वा तामाङ, रामबहादुर तामाङ, उत्तरकुमारी श्रेष्ठ, पुर्ण बहादुर नेवार, धनमाया नेवार, मीन बहादुर नेवार, मानकुमारी नेवारको घर गोठ जलेर पुर्ण रुपमा नस्ट भएको थियो।

 

 

सम्बन्धित समाचार