राष्ट्रिय संङ्गीतकर्मी संघ जिल्ला कार्यसमिति पर्वतको अध्यक्षमा गीतकार संङ्गीतकार तथा चर्चित एरेन्जर रमेश सेन्चुरी…..

 

दोहा कतार- राष्ट्रिय संङ्गीतकर्मी संघ जिल्ला कार्यसमिति पर्वतको अध्यक्षमा गीतकार, संङ्गीतकार तथा एरेन्जर रमेश सेन्चुरी निर्विरोध चयन भएका छन ।

गत चैत्र -९ गते कोटेश्वरको सालघारी रोधिघरमा भएको वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले गीतकार, संङ्गीतकार तथा चर्चित एरेन्जर सेन्चुरी सहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो, जस अन्तर्गत अध्यक्षमा रमेश सेन्चुरी सहित बरिष्ठ उपाध्यक्ष भिम पौडेल, उपाध्यक्षमा शक्ति क्षेत्री, महिला उपाध्यक्षमा बिपना सेन्चुरी, सचिवमा रोशन क्षेत्री, सह सचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा शोभित बि.क., सह कोषाध्यक्षमा कमल पौडेल, प्रबक्तामा दिलिप रेग्मी निर्वाचित भएका छन भने सदस्यहरुमा समित परीयार, सुबाश गदाल, कमल चापागाई, सनम साहि चयन भएका छन ।

राष्ट्रिय संङ्गीतकर्मी संघ नेपाल केन्द्रका पदाधिकारीहरु सहित जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु सङ्गै बिशिस्ट व्यक्तित्वहरु, समाजसेवी, बुद्धिजीवी, कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्तिथिमा सम्पन्न भएको अधिवेशन कार्यक्रमबाट अध्यक्ष बनेका सेन्चुरीले उपस्थित भएर कार्यक्रम सब्य भब्य रुपमा सफल बनाइदिने सबैलाई धन्यवाद दिदै आफ्नो नेतृत्वमा नयाँ बनेको कार्यसमिति टिमले आफुलाई पुर्ण रुपमा साथ सहयोग गर्नेमा ढुक्क भएको बताए ।

सेन्चुरीले आफुले नेतृत्व लिदै गर्दा जिल्लामा समितिले गर्दै आएको र गर्न बाँकी रहेको भाबी योजनाहरु सफल पार्न गर्नु पर्ने पहलमा आफु निरन्तर लागीरहने बताउदै आफ्नो कार्यकाल भरी समितिलाई अझै धेरै प्रभावकारी र मजबुत बनाउन सबैसङ्ग हातेमालो गरेर अघि बढ्ने बताएका छन ।

 

 

सम्बन्धित समाचार