दलित एकता संजाल र विश्वकर्मा समाज कतारले गर्यो गायक वसन्तलाई सम्मान….

 

दोहा कतार – तनहुँ सेवा समाज कतारले आयोजना गरेको नेपाली नयाँ वर्ष २०८१ बिशेष बृहत सांस्कृतिक कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुति दिन एक हप्ता अघि कतार आएका चर्चित गायक तथा सर्जक बसन्त विश्वकर्मा लाई दलित एकता संजाल कतार र विश्वकर्मा समाज कतारले संयुल रुपमा एउटा कार्यक्रमको आयोजना गरि सोमवार साँझ सम्मान गरेको छ।

प्लाजामल स्थित जिम्बु थकाली रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा केही विशिष्ट व्यक्तित्वहरु संगै संजाल र समाजमाआवद्ध भएका उल्लेखनी पदाधिकारीहरुको उपस्थीतिमा दुवै संस्थाले आ-आफ्नो तर्फबाट दोसल्ला ओढाएर सम्मान पत्रद्वारा बसन्तलाई सम्मान गरेको हो ।

दलित एकता संजालका अध्यक्ष किरण परियारको सभापतित्व र विश्वकर्मा समाजका अध्यक्ष सेवक घतानेको बिशेष आतिथ्यतामा सम्मपन्न कार्यक्रमा उपस्थित सबैले आफ्नो परिचय दिँदै गायक बसन्तको आगामी साङ्गीतिक यात्रा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, शाखा कतारका संस्थापक अध्यक्ष कृष्ण बराल, दलित एकता संजालका वरिष्ठ उपाध्यक्ष प्रकाश विश्वकर्मा, परियार मित्रता समाजबाट, सुमन नेपाल (परियार) स्याङ्जा सहयोग समाजका अध्यक्ष प्रकाश परियार, हिमालयन खोज मिडियाका संचालक बिमल परियार लगायतले आफ्नो भनाई राख्दै गायक वसन्तले गाएका गितहरूको खुलेर प्रसंशा गरेका थिए।

बोल्ने क्रममै विश्वकर्मा समाजका अध्यक्ष घतानेले आफुले पहिलो पटक भेट्न पाएको भए पनि धेरै पहिलादेखी नै बसन्तको गीतहरु सुन्दै आएको र उनका गीतहरु अत्यन्तै मन पर्ने र हेर्दा सुन्दा पनि अरुका गीतहरु भन्दा फरक लाग्ने बताए। उनले बसन्तसङ्ग भेट्ने चाहना भएर पनि त्यो खालको समय नमिलेको बताउदै अहिले मौकाले कतारमै भेटेर सम्मान गर्न पाएकोमा खुशी लागेको बताए।

कार्यक्रमको अन्त-अन्तमा बसन्तले कतारमा रहेका नेपाली हरुबाट आफुले पाएको माया सम्झिदै गाउँमै भएको जस्तो अनुभव भइरहेको बताए, उनले आफ्नै गृह जिल्लाको संस्थाले आयोजना गरेको कार्यक्रममा आफू आएको भए पनि दलित एकता संजाल र बिश्वकर्मा समाजले आफुप्रती सुरुदेखि नै देखाएको चासोले आफुलाई थप उर्जा र हौसला मिलेको भन्दै ढुक्कले घरपरिवारसङ्गै भएको भान भएको बताए भने गायक बिशकर्माले आफ्नो हालसालै बजारमा आएको उत्कृष्ट दुईवटा गीत साँईली र रेलै घुमेर को एक-एक टुक्का गाएर सुनाए ।

संस्थाका सचीव अर्जुन घिमिरेले सहजीकरण गरेका कार्यक्रमको अन्तमा सभापति किरण परियारले तनहुँले जन्माएको एउटा कुशल गायक सर्जकलाई दोहामै भेट्ने अवसर मिलाईदिएकोमा तनहुँ सेवा समाज कतारलाई कृतज्ञता प्रकट गर्दै गायक बिश्वकर्माले आफ्नो समुदायको हकहितको लागि गित सङ्गीतको माध्यमबाट उदाहरणीय काम गरेर देखाउनेमा आफू आशावादी रहेको बताउदै उनको साङ्गीतिक यात्रा अझै फराकिलो बन्दै जाओस् भन्ने शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए।

📸 : दर्शन सुनार 

 

यो समाचार पढेपछि मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला ।।

 

सम्बन्धित समाचार