भव्य बन्यो पर्वत समाज कतारको वार्षिक साधारणसभा तथा साँस्कृतिक कार्यक्रम….

 

दोहा कतार- पर्वत समाज कतारले आफ्नो वार्षिक साधारणसभा तथा बृहत साँस्कृतिक कार्यक्रम २०२४ आउने शुक्रबार सब्य भव्य रुपमा सम्पन्न भएको छ।

समाजले वार्षिक साधारणसभा सङ्गै बहुउद्देश्यीय अक्षयकोष स्थापनार्थ आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रममा समाजका अध्यक्ष रघुनाथ शर्माको सभापतित्व, नेपाली राजदुतावास कतारका प्रमुख सचिब कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यता र दोहामा स्थापित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक संस्थाका प्रमुख एवंम प्रतिनिधि, बिशिस्ट व्यक्तित्वहरु, समाजसेवी, बुद्धिजीवी लगायत बेलायतबाट आएका लोक तथा दोहोरी गायक पर्वते राजा राम चन्द्र पौडेल (आरसी) दोहामा रहेका सफल कलाकारहरु, पत्रकारहरुको साथै उल्लेखनीय दर्शकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

दोहाको नज्मा स्थित कलिकोट रेस्टुरेन्टको सभाहलमा दिप प्रज्वलन सहित राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा समाजका बरिस्ठ उपाध्यक्ष आनन्द जि.सी स्वागत मन्तव्य राखेका थिए भने एनआरएनए आइडल सिजन-४ कि नृत्य बिधामा प्रथम भएकी डान्सर निरि श्रेष्ठ र कोरियोग्राफर सृष्टि श्रेष्ठ (सिम्रन) ले दिनदिनै भेट्नलाई आउदिन बोलको गीतमा स्वागत नृत्य साथै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, शाखा कतारका कलाकार गायक देब बिश्वकर्माले सालैजो गीत प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला, प्रदेश, जातीय तथा बैचारिक संघ संस्थाको प्रतिनिधित्व गर्दै केही सिमित व्यतिहरुले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाको वार्षिक प्रगति प्रतिबेदन सचिब भरत मल्ल र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुवास जि.सीले पेस गरेका थिए।

समाजका सचिब भरत मल्ल ठकुरी र अक्षयकोषका सचिब सन्तोष क्षेत्रीले मिलेर सहजीकरण गरेका कार्यक्रममा समाजले बहुउद्देश्यीय अक्षयकोष स्थापना किन गर्न लागेको र त्यसको उद्देश्यको बारेमा अक्षयकोषकै सचिब सन्तोष क्षेत्रीले प्रष्ट पारेका थिए उनले बिषेशत: पर्वत जिल्लाका प्रवासमा कार्यरत तथा वैदेशिक रोजगारीबाट फर्केका पर्वतेलीहरुलाई सहयोग गर्ने तथा जिल्लाका विभिन्न सामाजिक एवं शैक्षिक संस्थाको भौतिक संरचनाहरूको पुनः निर्माण तथा अन्य कार्यमा सहयोग पुर्‍याउने रहेको बताए । क्षेत्रीले अक्षयकोष मुनाफा रहित जनहितकारी रहेको र यसलाई पारदर्शी एवं व्यवस्थित रूपमा दीर्घकालीन बनाउनमा जोड दिने पनि बताएका छन।

कार्यक्रममा पौडेल सङ्गै गैरआवासीय नेपाली तारा सिजन -४ का बिजेता रुस्तम तामाङ, नृत्य तर्फ प्रथम भएकी डान्सर निरु श्रेष्ठ र नेपाल मगर संघ शाखा कतारका कलाकारहरुको साथै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, शाखा कतारका कलाकारहरु रेश्मी बिश्वकर्मा, कृष्ण दर्लामी, लक्ष्मी कार्की, देब घिमिरे, बाबु कौशल, पुकार थापा, गोबिन्द कटुवाल, अञ्जली परियार पदम सेन्चुरी, राजन परियार, रेशम सारु मगर, मनिष कुमार, यमुना पटेल लगायत करिब दुई दर्जन कलाकारहरुले आ-आफ्नो साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने कार्यक्रमको अन्तिम समयमा स्टेज चढेका पौडेलले पन्चेबाजा र सालैजो गरि दुई वटा मात्र गीत प्रस्तुत गरेर उपस्थित सबैलाई झुमाएका थिए। उनले कार्यक्रममा सहभागी भइ रहदा आफुलाई सपना जस्तो लागेको सुनाउदै यस्तो अविस्मरणीय अवसर मिलाई दिएकोमा आयोजना समितिलाई धन्यवाद दिएका समेत थिए।

“निश्वार्थ सेवामा, हाम्रो पर्वत राम्रो पर्वत” भन्ने मुल नारालाई आत्मसात गर्दै वि.सं.-२००३ मा स्थापना भएको समाजले आयोजना गरेको कार्यक्रम बोल्दै प्रमुख अतिथि सुबेदीले कतारमा श्रमिकहरुको मुद्दा  जटिल बन्दै आएको जानकारी गराउदै सम्पुर्ण नेपाली श्रमिकहरुलाई कतार सरकारको कानुन भित्र रहि काम गर्न आग्रह गरेका छन । उनले थप बोल्दै कार्यक्रममा बोल्ने बक्ताहरुलाई ब्यानर हेरर सम्बन्धित बिषय भन्दा बाहिर नगइ बोलिदिए समयको बचत हुनुको साथै कार्यक्रमको लक्ष्य अनुसार हुने बताए सुवेदीले समाजले बहुउद्देश्यीय अक्षयकोष कोषको स्थापना गर्न लागेकोमा खुशी व्यक्त गर्दै कोषलाई पुर्ण पारदर्शीताको साथै दीर्घकालीन बनाउन पनि सुझाव दिएका थिए । भने कतारमा रहेका नेपाली श्रमिकहरुको हकहितको लागि नेपाली राजदुतावासले गर्न सक्ने जति सम्पुर्ण काममा साथ, सहयोग र समन्वय गर्दै आइरहेको र यसलाई अझै मजबुत बनाउदै लाने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।

कार्यक्रममाको अन्तमा सभापति शर्माले कार्यक्रम सफल बनाउनको निम्ति अहोरात्र खट्ने समाजका पदाधिकारी तथा सदस्यहरु र व्यस्त समयको प्रवाह नगरी आफ्नो निमन्त्रणालाई स्वीकार्दै उपस्थिति भएका सम्पुर्णप्रती धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र मायाको अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए भने प्रस्तुति दिने सम्पूर्ण कलाकारहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेख्न सक्नु हुनेछ।

 

 

सम्बन्धित समाचार