प्रवासी नेपाली मञ्च कतारको आदिवासी फाँटले सम्पन्न गर्‍यो नयाँ वर्ष शुभकामना तथा प्रशिक्षण कार्यक्रम…

 

दोहा कतार- प्रवासी नेपाली मञ्च कतार, मातहतमा रहेको आदिवासी फाँटद्वारा, आदिवासी जनजातिका चाडपर्वहरु तथा नेपाली नयाँबर्ष- २०८१ को शुभकामना साथै प्रशिक्षण कार्यक्रम सामुहिक रूपमा सम्पन्न गरेको छ ।

फाँटका प्रमुख शिव कुमार भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मञ्चका अन्तराष्ट्रिय कमिटिका उपसचिव चानक पोखरेलको प्रमुख आथित्यता, मध्यपूर्वका ईन्चार्ज कमलमणि गुरागाई, मञ्चका उपाध्यक्ष बालकृष्ण भित्रिकोटीको बिशेष आथित्यतामा प्रवासी नेपाली मञ्च कतारका विभागीय प्रमुखहरुको साथै मञ्चका सल्लाहकारहरु सहित दोहामा रहेका मञ्चसँग सम्बद्ध आदिवासीहरुको उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदान र प्रशिक्षण गरि दुई चरणमा समापन गरिएको कार्यक्रम मञ्च सदस्य तेज गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा बिशेष गरि आदिवासी अन्तर्गत पर्ने चाडपर्वहरुको बारेमा जानकारी तथा शुभकामना राख्ने क्रममा भुजेल जातिको संक्षिप्त परिचय र उधौली उभौलीका बारेमा प्रवासी भुजेल समाज कतारका पूर्व अध्यक्ष तथा फाँटका सदस्य बीर बहादुर भुजेलले जानकारी गराए भने तमु प्हे ल्हुँ संघ कतारका वर्तमान अध्यक्ष तथा फाँटका सदस्य चन्द्र ल्हेगु तमुले तमु ल्होसारका बारेमा, गिरि प्रसाद दर्लामी मगरले माघी तथा अन्य मगर जातिले मनाउने पर्वहरुका बारेमा र तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका अध्यक्ष विकाश तामाङले तामाङ ल्होसारका बारेमा जानकारी गराएका थिए ।

शुभकामना राख्ने क्रममा महिला विभाग प्रमुख बिन्दा लामा र सल्लाहकारहरुको तर्फबाट भिम तरामु मगरले शुभकामना राखेका थिए । मञ्चका उपाध्यक्ष बालकृष्ण भित्रिकोटीले संगठनका आदिवासी जानजातिहरुको भुमिकाको चर्चा गदै सबैलाई आदिवासी पर्वहरु तथा नयाँबर्षको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि चानक पोखरेलले कतारको हकमा आदिवासीहरु धेरैमात्रमा रहेका तर जातिय संगठनहरुमा सहभागिता भए सरह विचार सम्बद्ध संगठनहरुमा आबद्धता नभएले आदिवासी  जनजातिहरुको हक, अधिकारका निमित्त आवज बुलन्द गर्ने स्थान पार्टिभित्र नै रहेकाले यस संगठन सँग विचार राख्ने साथिहरुलाई जोडिन आह्वान गदै पर्वहरुको शुभकामना व्यक्त गरे ।

दोश्रो चरणको प्रशिक्षण कार्यक्रममा मञ्चका सचिव बिनेश तामाङले संगठनको संरचना, आदिवासीहरुले हिजोको दिनमा गरेका नेतृत्वदायी भुमिका, साथै संगठनको संक्षिप्त परिचय गराए भने प्रमुख वक्ता तथा बिशिष्ट अतिथि संघका मध्यपूर्व ईन्चार्ज कमलमणि गुरागाइले प्रशिक्षणका क्रममा अदिवासी जनजातिहरुको आजका कार्यदिशा र कार्यभार, मातृभाषा, संस्कृतिको संरक्षण, आदिवासी जनजाति आन्दोलनको आवश्यकता, पार्टि र जनजातिहरुबिचको पूलको भुमिका, राजनैतिक, समाजिक तथा शैक्षिक चेतनाबृद्धि, आदिवासी जनजातिहरुले गर्नु पर्ने राजनैतिक कार्य लगायतका बिषयहरुमा स्पष्ट पारेका थिए।

अन्तमा फाँटका प्रमुख तथा कार्यक्रमका अध्यक्ष शिव कुमार भुजेलले उपस्थित सम्पूर्णमा धन्यवद ज्ञापन गर्नुको साथै आदिवासी चाडपर्वहरु तथा नयाँबर्ष २०८१ को शुभकामना र कार्यक्रम बिशेष गरि पार्टिलाई लगाईने गरेको पहिचान बिरोधी भ्रमात्मक बिम्बलाई चिर्न र प्रवासबाट पनि राजनैतिक रुपमा आदिवासीहरु संगठित भई आदिवासी आन्दोलनहरुमा राजनैतिक आवज बन्न र त्यसले आन्दोलनलाई मुर्तरुप दिन थप टेवा पुर्याउने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको भन्ने अभिव्यक्त साथ कार्यक्रम समापन गरेका थिए ।

 

तपाईंलाई यो समाचार पढेर कस्तो लाग्यो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेख्न सक्नु हुनेछ।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

 

 

सम्बन्धित समाचार