भव्य रुपमा सम्पन्न भयो “फुलबारी साँस्कृतिक कार्यक्रम -२०२४”

दोहा कतार- “फुलबारी रेस्टुरेन्टको चाहाना, नेपाली कला र सस्कृतिको जगेर्ना” भन्ने मुल नारा सहित कतारको सनैयामा रहेको फुलबारी रेस्टुरेन्टले मानव सेवा आश्रम सहयोगार्थ आयोजना गरिएको “फुलबारी साँस्कृतिक कार्यक्रम -२०२४” भव्य रुपमा सम्पन्न भएको छ।

फुलबारी रेस्टुरेन्टका संचालक श्याम प्रसाद पौडेलको सभापतित्व, नेपाली राजदुतावास कतारका उपप्रमुख कुमार राईको प्रमुख आतिथ्यता, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, महिला समाजकि अध्यक्ष माया केसी लगायत कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक अभियान्ता, समाजसेवी, बुद्धिजीवीहरुको साथै कलाकार, पत्रकार, र उल्लेखनीय दर्शकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

ब्यानर अनावरण सङ्गै दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाए पश्चात एनआरएनए तारा -२०२४ कि नृत्य तर्फ प्रथम भएकी डान्सर निरु श्रेष्ठ र कोरियोग्राफर तथा डान्सर सृष्टि श्रेष्ठको स्वागत नृत्य सङ्गै दुई चरणमा सम्पन्न हुने गरी अनौपचारिक रुपमा अघि बढेको सास्कृतिक कार्यक्रममा कार्यक्रम संयोजक रोशन अर्यालले स्वागत मन्तव्य राखेपछि साँस्कृतिक कार्यक्रम सुरु हुनु अघिनै बिशेष अतिथी एनसीसी कतारका अध्यक्ष रमेश भट्ट र प्रमुख अतिथी नेपाली राजदुतावास कतारका उपप्रमुख कुमार राईले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसपछि निरन्तर रुपमा पहिलो चरण अन्तर्गत को कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु सर्जक तथा बहुचर्चित लोक गायक पशुपति शर्मा, मोडल तथा चर्चित नृत्य कलाकारद्वय करिश्मा ढकाल र सबिता भुसालको साथै कतारमा रहेका ख्यातिप्राप्त कलाकारहरु गुना मगर निशु, रुस्तम तामाङ, सन्देश सोनि, रितु श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाली शाखा कतारका कलाकार गोबिन्द कटुवाल, रोशन अर्याल, सन्तोष बिश्वकर्मा, निरु श्रेष्ठ, सुमित्रा भट्टराईले गायन एवंम नृत्य प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

जस अन्तर्गत कार्यक्रमको मध्यतिर मोडल सबिता भुसाल आफ्नो प्रस्तुतिको लागि स्टेज चढेकी थिइन उनले घर कता हो बहिनीको, उखु गुलियो, मेरो माया नरिसाउ त्यसरी, गल्बन्दी लगायतको दमदार प्रस्तुतिले सबैलाई आकर्षित बनाएकी थिइन उनी आफ्नो अभिनयात्मक प्रस्तुतिको क्रममा दर्शकहरुको बिचबिच सम्म पुग्न भ्याएकी थिइन ।

सबिताको प्रस्तुति पछि अब भेट खाडितिरै हो भन्ने गीत गाउदै स्टेजमा देखिएका गायक शर्माले स्याङ्जा जाने बाटैमा तनहुँ, सात समुन्द्र पारी तिरै हो, क्यार्न मया मारिच्यौ, लुट्न सके लुट,मेरी मया बसेको ठाउँमा लगायतको उत्कृष्ट गीतहरू गाएर माहोल अझै धेरै सङ्गीतमय बनाएर दर्शकलाई झुमाएका थिए । दर्शकलाई कसरी झुमाउन सकिन्छ भन्ने कुरामा माहिर शर्माले बेला बेला आफ्नो अब्बल खुबी देखाउदै उपस्थित सम्पुर्णलाई खुब हसाएका थिए।

पहिलो चरणको कार्यक्रमको अन्ततिर नेपालबाटै आमन्त्रित चर्चित मोडल तथा डान्सर करिश्मा ढकालले उपस्थित सबैलाई सम्बोधन गर्दै मीठो मुस्कान सहित स्टेजमा देखिँदा दर्शहरु निकै उत्साहित देखिएका थिए करिश्माले केही गीतमा उत्कृष्ट नृत्य पेस गरेकी थिइन ।उनी प्रस्तुति पश्चात् पनि दर्शकहरु सङ्गै बसेर खुलेर रमाएको दृश्य देखिएको थियो ।

पहिलो चरणको समापनको केही बेरमै सुरु भएको दोस्रो चरणको कार्यक्रममा नितान्त साङ्गीतिक प्रस्तुतिहरु मात्र भएका थिए जसमा शर्मा, ढकाल र भुसाल सहित कतारमा स्थापित कलाकारहरु रेश्मी बिश्वकर्मा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, शाखा कतारका अध्यक्ष शिवराम ढकाल सहितका कलाकारका लाइभ प्रस्तुति, गायक सुरेश बिसी, पुकार थापा लगायतले गोधुली साँझलाई सङ्गीतमय बनाएका थियो।

आयोजकको तर्फबाट आईसीसी सदस्य दिपजङ्ग शाहीले औपचारिक र कुशल प्रस्तोता भानु शर्माले सहजीकरण गरेका “फुलबारी साँस्कृतिक कार्यक्रम”को अन्तमा सास्कृतिक प्रस्तुति दिने सम्पुर्ण कलाकारहरुलाई पारिश्रमिक सहित मायाको चिनो सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। भने स्याङ्जा सहयोग समाज कतार र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, शाखा कतारले पाहुना कलाकारलाई स्टेजमै सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए त्यसपछि कार्यक्रमका सभापति तथा रेस्टुरेन्ट संचालक श्याम प्रसाद पौडेलले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

तस्बिर :- दर्शन सुनार

 समाचार पढे पछि तपाईंयोलाई कस्तो लाग्यो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

 

 

सम्बन्धित समाचार