नेपालीज फिट्नेस टिम कतारले गर्यो अर्घाखाँचीका मृगौला पीडितलाई आर्थिक सहयोग……

दोहा कतार – नेपालीज फिट्नेस टिम कतारले अर्घाखाँची छ्त्रदेव गाउँपालिका- ४ रिठ्ठारुख (छाप) साबिक केरुङ्गा गा.बि.स वडा नम्बर -३ निवासी हाल रुपन्देही जिल्ला देवदह नगरपालिका-४ सिगाँहामा बसोबास गर्दै आएका दुबै मृगौला पीडित मनोज बुचा मगरलाई गत शनिबार अर्थात १३- जुलाई २०२४ मा नेपाली १३,९३३/- रुपैयाँ आर्थिक सहयोग पठाएको छ।

२७ वर्षिय मगरको बिगत लामो समयदेखि दुबै मृगौलामा समस्या आएको र गत एक वर्षदेखि युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा डाइलोसिस गराउदै आएको थिए भने हाल मृगौला प्रत्यारोपणको तयारीको लागी उपचाररत रहेका मगरलाई नेपालीज फिट्नेस टिम कतारले उक्त सहयोग रकम पठाएको टिमका प्रमुख सल्लाहकार कृष्ण ढकालले नेपाली जनता खबरलाई जानकारी गराएका हुन ।

मगरले आफू केही गर्न नसक्ने र आफुसङ्ग भएको सबै रकम उपचारमै सकिएपछि थप उपचारको लागी आर्थिक अभाव भएकोले विभिन्न सामाजिक संजाल मार्फत सहयोगको लागि सबै नेपालीहरुलाई अपिल गरेका छन ।

सहयोगको निम्ति मनोज बुचा मगरको नाममा नबिल बैंकमा रहेको खाता नम्बर 10810017504000 मा आफुले सकेको सहयोग पठाइदिन पनि अनुरोध गरेका छन ।

Bank:- Nabil Bank,
Name:- Manoj Bucha Magar
Account Number:- 10810017504000
Branch:- Manigram
थप जानकारीको निम्ति परिवारको सम्पर्क नम्बर
दाजु :- 9768367167
बाबा :- 9847123862 मा सम्पर्क गरेर बुझ्न सक्नु हुनेछ।

 

तपाईलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला धन्यवाद ।।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

 

सम्बन्धित समाचार