मलेसियामा करिबकरिब ३५ वटा क्लब छाता संगठन स्थापना

[ आरएन चौधरी थारु ]

मलेसिया:= मलेसियामा कार्यरत नेपाली हरु बिगत देखिनै आफ्नो रोजगारीको अलावा विभिन्न सामाजिक , राजनीतिक संघसंस्था स्थापना गरि आवद्ध भैइ समाजसेवा गर्दै आएका छ्न । सोही क्रममा बेला-बेला मलेसियामा कार्यरत रहेर फुटबल खेलमा रुचि भएका नेपाली खेलाडी हरुले फुटबल क्लब , फुटबल टिम स्थापना गर्ने र समय-समयमा हजारौं रिंगेट पुरस्कारसहितको फुटबल खेल प्रतियोगिता आयोजना गर्ने होडबाजी नै चल्ने गरेको छ ।

 

अहिले मलेसियामा सक्रिय रहेका हिमालयन फुटबल क्लब , जेबि युनाईटेड फुटबल क्लब , पेनाङ एफसी लगायत गरि करिबकरिब ३५ वटा क्लब , टिम स्थापना भैइ संचालित रहेको पाइएको छ् , तर यी सबै क्लब र टिमलाई ब्यवस्थापन गर्न सकिने छाता संगठन बनेको  थिएन ।

 

मलेसियामा सक्रिय सबै फुटबल क्लब र आयोजना हुने गरेका फुटबल प्रतियोगिता लगायत सम्पुर्ण फुटबल प्रेमी खेलाडीहरु लाई ब्यवस्थित गर्न र नेपाली क्लब र खेलाडी हरुबीच एकता कायम गर्न , फुटबल खेलसंगै खेलाडीको पनि विकास गर्नको निम्ति क्लब हरुको छाता संगठन संस्था “नेपाली फुटबल एसोसिएसन” गठन सम्पन्न भएको छ ।

 

आईतवार राजधानी क्वालालम्पुरमा हिमालयन फुटबल क्लबको सक्रियतामा यहाँ रहेका विभिन्न क्लब हरुको सञ्चालक , अध्यक्ष लगायत पदाधिकारीको बैठकले आपसी समझदारी र सहमतिको आधारमा हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीको अध्यक्षतामा  “नेपाली फुटबल एसोसिएसन” गठन सम्पन्न भएको हो ।

फुटबल एसोसिएसनको उपाध्यक्षमा राजु तामाङ , सचिवमा शिव सुवेदी , सदस्यमा क्रमशः अंकित थापा, मान मगर , सुदेश राई , नरेन्द्र बहादुर बिमली , नारायण क्षेत्री , सन्तोष अधिकारी लगायत यहाँ रहेका क्लब र टिमका अध्यक्ष , सञ्चालक , सदस्य हरुलाई पनि समेटिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

 

अध्यक्ष कार्कीका अनुसार बैठकले अब उप्रान्त मलेसियामा स्थापित क्लब टिमले कुनै फुटबल प्रतियोगिता आयोजना गर्दा नेपालबाट भाडामा खेलाडी ल्याएर खेलाउन नपाइने र कुनै एउटा् क्लब अथवा टिमले फुटबल खेल आयोजना गरेको भएमा सोही मितिमा अन्य कुनै क्लब अथवा टिमले फुटबल प्रतियोगिता आयोजना गराउन नपाइने लगायतको निर्णयमा सहमति भएको बताउनुभयो ।

सम्बन्धित समाचार