नेपाल प्रवासी तामाङ समाज कतारको दशौं अधिवेशन सम्पन्न नेतृत्वमा पुन: धादिङका सुवास तामाङ….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – नेपाल प्रवासी तामाङ समाज कतारको दशौं अधिवेशन प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा भव्य रुपमा सम्पन्न भएसङ्गै अध्यक्षमा पुनः धादिङका सुवास तामाङ सर्वसम्मत चयन भएका छन ।

समाजका अध्यक्ष सुवास तामाङको सभापतित्व, नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डि.एन मगरको प्रमुख आतिथ्यता र एन.आर.एन. एनसीसीका द्वितीय उपाध्यक्ष केशव कार्कीको बिशिस्ट आतिथ्यताको साथै महासंघ कतारका सल्लाहकारहरु, महासंघमा आबद्ध मातृ संस्थाका प्रमुखहरु एवं कतारमा स्थापित विभिन्न संघ संस्था, बैचारिक संस्था, प्रदेश संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी बुद्धिजीवी, कलाकार पत्रकारहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपालमा केहि दिन अघि मात्र आई परेको प्राकृतिक बिपत्तिमा परि ज्यान गुमाउएका र विभिन्न समयमा सहिद भएका ज्ञात अज्ञात सहिदहरुको चिर शान्तिको कामना गर्दै बौद्ध धर्म अनुसार लामा गुरु उपस्थित सम्पुर्ण अतिथिहरुले- १०८ छ्युमी (दिप) प्रज्वलन गरि प्राथना मोलम गरिए पछि कार्यक्रम निरन्तर अघि बढेको थियो ।

समाजका महासचिव आशिष मोक्तानले सहजीकरण गरेका कार्यक्रममा सचिव श्री बहादुर पाख्रीनले स्वागत मन्तव्य र कलाकारहरु कुमार ओख्रेली, सुकामान तामाङ र सरला तामाङले संयुक्त रुपमा तामाङ समाज कतारको आफ्नै गीत प्रस्तुत गरेर उपस्थित सबैलाई स्वागत गरेका थिए भने समाज कतारको पृष्ठभुमिको बारेमा संक्षिप्त रुपमा संरक्षक शंखलाल तामाङले बताएका थिए ।

खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको कार्यक्रमको खुल्ला सत्र अन्तर्गत विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधिहरुको साथै बिशिस्ट ब्यक्ति समाजसेवी, बुद्धिजीवी लगायतले समाजले गरेको काम कर्तव्यको प्रशंसा गर्दै नयाँ बन्ने कार्यसमितिलाई सफल कार्यकाल र सम्पूर्ण नेपालीहरुलाई दशै तिहार एवं छट पर्वको शुभकामना सहितको शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्य राख्ने क्रममै प्रमुख अतिथि मगरले तामाङ समाज कतारले प्रवासमा रहेर पनि आफ्नो भाषा धर्म र संस्कृतिलाई संरक्षण र प्रबर्द्धनको लागी देखाएको तदरुपता र महासंघ स्थापना गर्दा देखि अहिले दशौं अधिवेशन सम्म आइपुग्दा विभिन्न कालखण्डमा समाजले अग्र स्थानमा रहेर खेलेको भुमिकाको स्मरण गर्दै खुलेर प्रशंसा गरेका थिए । उनले महासंघ सङ्गको सहकार्य यसरी नै निरन्तर रहिरहने अपेक्षा गर्दै नयाँ बन्ने कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम अवधिभर कतारमा रहेर कलाकारितामा आफ्नो छुट्टै स्थान बनाउन सफल कलाकारहरुले विभिन्न साङ्गीतिक प्रस्तुतिहरु मार्फत कार्यक्रमलाई मनोरञ्जनात्मक बनएका थिए भने समाजले प्रमुख अतिथि, विशिस्ट अतिथिहरुको साथै महासंघमा आबद्ध मातृ संस्थाहरु, जिल्ला संस्थाहरु र यो कार्यकाल भरी विभिन्न समयमा साथ सहयोग गर्ने ब्यक्ति तथा सस्थालाई कदर पत्र र कलाकारहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

खुल्ला सत्र कार्यक्रमको अन्तमा सभापति तामाङले आफ्नो कार्यकाल भरी सहकार्य गरि साथ सहयोग र हौसला प्रदान गर्ने सम्पुर्ण संघ संस्था, ब्यक्ति र कार्यसमिति सबैलाई धन्यवाद दिदै कार्यक्रम सफल बनाउनको निमित्त कार्यक्रम हलमा उपस्थित हुने र कार्यक्रम तयारीको लागि अहोरात्र खट्ने सम्पुर्ण सदस्यहरुलाई आभार व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

खुल्ला सत्र सकिए सङ्गै सुरु भएको बन्द सत्र कार्यक्रमले सुवास तामाङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छ्न जस अन्तर्गत अध्यक्षमा सुबास तामाङ (धादिङ), प्रथम उपाध्यक्षमा आशिष मोक्तान (रामेछाप), द्वितीय उपाध्यक्षमा मोइराम तामाङ (धादिङ), महासचिवमा श्री बहादुर पाख्रीन (नुवाकोट), सचीवमा चित्र लामा (गोर्खा), कोषाध्यक्षमा गणेश लामा रुम्बा (भक्तपुर), सह कोषाध्यक्षमा भिम मम्बा (नुवाकोट), केन्द्रिय समितिमा सन्जय पाख्रीन तामाङ (सिन्धुपाल्चोक), केन्द्रिय कार्यसमिति सदस्यमा रुपेश ब्लोन तामाङ (नुवाकोट), केन्द्रिय कार्यसमिति सदस्यमा कुमार ओख्रेली “सुकमान” (नुवाकोट), केन्द्रिय कार्यसमिति सदस्यमा माया घिसिङ (झापा), केन्द्रिय कार्यसमिति सदस्यमा मुनाल ब्लेन्देन तामाङ (नुवाकोट), केन्द्रिय कार्यसमिति सदस्यमा सरला तामाङ (सिन्धुपाल्चोक), केन्द्रिय कार्यसमिति सदस्यमा तुल बहादुर तामाङ (नुवाकोट), केन्द्रिय कार्यसमिति सदस्यमा पेमा लामा (चितवन), केन्द्रिय कार्यसमिति सदस्यमा वीर बहादुर मोक्तान (काठमाडौ), केन्द्रिय कार्यक्रम सदस्यमा राजन स्याङ्तान तामाङ (धादिङ) रहेका छन ।

बन्द सत्र कार्यक्रममा विधान संसोधान समितिको संयोजक शंखलाल तामाङ र निर्वाचन समितिका संयोजक धिरेन तामाङको दुई सदस्यीय निर्वाचन समिति बनेको थियो भने निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक धिरेन तामाङले सपथ ग्रहण गराएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

 

nepalijanatakhabar

समबन्धित समाचार