प्रवासी नेपाली एकता समाज (पानस) कतारले पृथ्वी जयन्ती मनाउने…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – प्रवासी नेपाली एकता समाज (पानस) कतारले आगामी शुक्रबार अर्थात १० जनवरी – २०२५ को दिन नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झना स्वरुप – ३०३औं पृथ्वी जयन्ती प्लाजा मल स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा भव्य रुपमा मनाउने भएको छ ।

वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा सन्तानको रुपमा जन्मिएका शाहले त्यसबेला बाइसे, चौविसे राज्यमा विभाजित स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माणमा खेलेको साहसिक लिडरको भुमिकालाई कदर गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिए अनुसार नै कतारमा पनि एउटा विशेष कार्यक्रमको आयोजना गरि पृथ्वी जयन्ती मनाउन लागेको (पानस) का अध्यक्ष तिलक श्रेष्ठले जानकारी गराएका छन ।

राप्रपाका केन्द्रिय सदस्य दिपक उप्रेतीको प्रमुख आथित्यमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रम सफल बनाउन आयोजक समितिले सम्पुर्ण दोहा बासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन भने भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरि सिङ्गो नेपाल राष्ट्रको निर्माण गरेका शाहलाई राष्ट्र निर्माताको रुपमा पनि चिन्ने गरिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

nepalijanatakhabar

समबन्धित समाचार