क्षत्री समाज नेपाल, कतार शाखाको पाँचौँ अधिवेशन आगामी शुक्रबार हुने….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीहरू माझ सक्रिय रहेको संस्था क्षत्री समाज नेपाल, कतार शाखाले आफ्नो पाँचौँ अधिवेशन सङ्गै १६औँ स्थापना दिवस भव्य रूपमा मनाउने भएको छ।

​”राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सन् २०१० (वि.सं. २०६७) मा स्थापना भएको यस समाजले आगामी ३१ जुलाई, २०२६ शुक्रबारका दिन दोहाको फ्रीज अब्दुल अजिजमा रहेको घरवा रेष्टुरेन्टको सभा हलमा एक कार्यक्रमको आयोजना गरि पाँचौँ अधिवेशन सङ्गै १६औँ स्थापना दिवस मनाउन लागेको हो ।

​आयोजक समितिले बताए अनुसार कार्यक्रम दिउँसो १२:३० बजेदेखि सुरु हुनेछ। भने कार्यक्रममा उपस्थितिको लागि कतारमा स्थापित  संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, पत्रकार, कलाकार लगायत सम्पुर्ण लाई पत्राचार गरिसके सङ्गै कार्यक्रमको तयारी पनि अन्तिम चरणमा पुगेको छ । ​स्थापना कालदेखि नै कतारमा रहेका नेपाली समुदायको हकहित, सामाजिक सेवाका साथै नेपाली भाषा, संस्कृति र एकता प्रवर्द्धनमा क्रियाशील रहेको समाजले १६ औँ स्थापना दिवस मनाउँदै गर्दा अर्को कार्यकालको लागि नयाँ कार्यसमिति पनि चयन गर्नेछ ।

समाजले कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लाई कार्यक्रममा उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल पारिदिन हार्दिक निमन्त्रणा तथा आह्वान गरेको छ।

nepalijanatakhabar

समबन्धित समाचार