दोहा कतार – ग्रान्ड प्रिक्स डु फेन्सिङ -२०२५ मा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै दुई खेलाडीद्वय भिष्मराज दाहाल (टार्जन) र सागर थापा कतार आइपुगेका छन ।
बुधबार राति कतार आइपुगेका उनिहरुलाई एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले हामद इन्टरनेसनल एअरपोर्टमै पुगेर स्वागत गरेका थिए । उनिहरुले कतार फेन्सिङ फेडेरेसनको आयोजनामा यहि २४ जनवरीमा सुरु भइ २६ जनवरीमा सकिने खेलमा इपी इन्डिभिजुअल विधातर्फ चुनौतीपूर्ण प्रतिस्पर्धा गर्ने छन ।
नेपाल सहित ४३ राष्ट्रका करिब २ सय ४७ जना खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा नेपालको लागि भने विश्व वरीयतामा सुधार र ओलम्पिकको प्रारम्भिक छनोटको लागि महत्त्वपूर्ण मानिएको छ । यस अघि पनि बागमती प्रदेशका भीष्मराजले सन्- २०२२ मा इजिप्टमा भएको विश्व च्याम्पियनसिप र नेपाल एपीएफ क्लबमा आबद्ध सागरले सन्- २०१९ मा नेपालमै भएको १३औं सागमा प्रतिस्पर्धा गरिसकेका छन ।
दुबै खेलाडीलाई प्रतियोगिता अबधिभर कतारमा खान बस्नको ब्यवस्थापन एनसीसी कतारले नै गर्ने पनि खेलाडीद्वयले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्