भारती मा.वि. मेगर्पाले अन्तर विद्यालय नृत्य तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरि मनायो सरस्वती पुजा एवं वसन्त पंचमी …

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ८ र ९ को सिमानामा रहेको श्री भारती उच्च माध्यमिक विद्यालयले एउटा अन्तर विद्यालय नृत्य तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरि सोमबार यो वर्षको सरस्वती पुजा अर्थात वसन्त पंचमी भव्य रुपमा मनाएको छ ।

विद्यालयलाई अत्यन्तै माया गर्ने जेष्ठ नागरिक तथा अभिभावक थिर बहादुर भण्डारीको सभापतित्व, पुर्व जिल्ला समन्वय प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यता र नेकपा एमाले बागमती प्रदेश सल्लाहकार एवं पुर्व रामेछाप जिल्ला उपाध्यक्ष साथै विद्यालय बि.ब्य स. अध्यक्ष इन्द्र बहादुर तामाङ, खाँडादेवी गा.पा.का प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर वस्नेत, शिक्षा शाखा प्रमुख लक्ष्मी प्रसाद रिजाल खाँडादेवी ९ का वडा अध्यक्ष अक्कल बहादुर भण्डारीको विशेष आतिथ्यता र विद्यार्थीहरु सङ्गै शिक्षक, अभिभावकहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयले विधिवत रुपमा पुजाआजा गरि सरस्वती पुजा समापन गरेपछि औपचारिक रुपमा सुरु गरेको कक्षा १-५ को नृत्य तथा कक्षा ६-८ को विद्यार्थीहरु बिचमा भएको हाजिरीजवाफ कार्यक्रममा भारती मा.वि सङ्गै अन्य सहभागी विद्यालयहरु मध्य हाजिरी जवाफ तर्फ भारती मा.वि मेगर्पा प्रथम, कालिका देवि सिमखानी दोस्रो र नवबुद्ध गागल तेस्रो भएका थिए । त्यस्तै नृत्यमा कालिका देवि सिमखानी प्रथम, भारती मा.वि मेगर्पा दोस्रो र मनकामना धुलेबेशी तेस्रो हुन सफल भएको विद्यालयका प्र.अ भण्डारीले नेपाली जनता खबरलाई जानकारी गराउनु भएको छ ।

विद्यालयकै शिक्षक बद्री कार्किले सहजीकरण गरेका कार्यक्रममा उ.मा.वि इन्चार्ज शिक्षक कृष्ण दत्त वागले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा उपस्थित मध्यबाट विशिष्ट व्यक्तित्वहरुले विद्यार्थीहरुको उज्ज्वल भविस्यको कामना गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वि.सं. २०३३ सालमा प्रा.विको रुपमा स्थापना भएको विद्यालयले स्तर उन्नतिको साथै शैक्षिक गुणस्तरमा फड्को मार्दै नि.मा.वि, मा.वि हुँदै अहिले उ.मा.वि सम्म आइपुग्दा विभिन्न कालखण्डमा योगदान पुर्याएका संस्थापकहरु, व्यवस्थापन समिती, अभिभावकहरु लाई सम्झिदै प्र.अ सन्तोष भण्डारीले विद्यालयको निमन्त्रणा लाई स्वीकार गरि कार्यक्रम सफल बनाउन उपस्थित हुनु भएका अतिथि, अभिभावक, प्रधानाध्यापक लगायत शिक्षक, शिक्षिकाहरुमा धन्यवाद व्यक्त गर्नु भएको थियो भने भण्डारी हालसालै मात्र प्र.अ देवराज घिसिङ तामाङले अवकाश लिएपछि विद्यालयका सहायक प्र.अ बाट प्र.अ हुनु भएको हो ।

प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई प्रमाणपत्रको साथमा पुरस्कार पनि प्रदान गरिएको थियो ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार