चर्चित गजलकार राज सिग्देलको ‘सुमधुर गजल साँझ’ ​सङ्गै हुने नवोदित साहित्यिक वाचनालय कतारको १८औं अधिवेशनको तयारी पुरा……

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार ​कतारमा क्रियाशील नेपालीहरूको प्रतिष्ठित साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालय कतारको १८औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरको सहकार्यमा आयोजना हुन लागेको यस कार्यक्रममा  बहुचर्चित गायक तथा गजलकार राज सिग्देलको ‘सुमधुर गजल साँझ’ पनि रहने आयोजक समितिले बताएको छ।

१७ जुलाई, २०२६ शुक्रबार अर्थात (भोलि)​ प्लाजामल स्थित  वेलफेयर रेष्टुरेन्टको सभाहलमा साँझ ६ बजेदेखि हुने उक्त कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एवं  प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, साहियकार, कलाकार, पत्रकारहरू सबैलाई कार्यक्रममा उपस्थितिको लागि पत्राचार गरिसकेको अध्यक्ष शोभाराम ओलीले नेपाली जनता खबरलाई जानकारी गराएका छन भने कार्यक्रमको लागि आवश्यक सम्पुर्ण तयारी पनि पूरा भइसकेको बताएका छन् ।

​कार्यक्रमको मुख्य आकर्षणको रुपमा नेपालबाट आएका बहुचर्चित सर्जक तथा गजल गायक राज सिग्देलले आफ्ना लोकप्रिय र कर्णप्रिय गजलहरू प्रस्तुत गरेर कार्यक्रममा उपस्थित सम्पुर्ण नेपाली संगीत तथा साहित्यप्रेमीहरूलाई मन्त्रमुग्ध पार्ने छन। सिग्देलका उ जितेर गई, जति छाल, मुटुभरी सगरमाथा, बग्ने आँशु, आधिरात थियो जुनेली लगायतका दर्जनौं गजल गीतहरु दर्शकहरुको रोजाइमा पर्ने गर्छन् ।

​आयोजक कमिटीले कतारलाई कर्मथलो बनाएर बसिरहनु भएका सम्पूर्ण नेपाली स्रष्टा, साहित्य अनुरागी र आम नेपाली समुदायलाई यस गरिमामय कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा र अपिल गरेको छ ।

nepalijanatakhabar

समबन्धित समाचार