नेपाली जनसम्पर्क समिति कतारको रक्तदान कार्यक्रम सम्पन्न ५२ जनाले गरे रक्तदान……..

वायु प्रधुशन
nepalijanatakhaba

 

दोहा कतार – कतारमा रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा “बृहत रक्तदान कार्यक्रम” सम्पन्न भएको हो ।

नेपाली जनसम्पर्क समिति कतारले ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको “नवौ बृहत् रक्तदान” कार्यक्रम अलसाद स्थित कतार नेशनल बल्ड डोनेशन सेन्टरमा आयोजित कार्यक्रममा समितिका संस्थापक महामन्त्री बिमल सुवेदीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा करिब १६० जना उपस्थित मध्य ७८ जनाले रक्तदान गर्नका लागी रजिष्ट्रेसन गराएका थिए भने ५२ जनाले रक्तदान गर्न सफल भएको र २६ जना रक्तदान गर्न बाट बञ्चित भएको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले बताएका छन ।

मानवीय तथा परोपकारी कार्यमा सहभागी भई रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम संयोजक ठाकुर कुमार परियारले धन्यवाद प्रकट गरेका थिए । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सफल बनाई दिनु हुने सम्पुर्णलाई समितिका सभापति अजिज अलिले धन्यवाद सहित हार्दिक आभार व्यक्त गरे।

“रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा एनसिसी कतारका अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक संस्थाहरु समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

 

nepalijanatakhabar

समबन्धित समाचार