नेपाली सेफहरुको अन्तर्राष्ट्रिय भेला काठमाडौंमा हुने कतारको प्रतिनिधित्व गर्दै रामेछापका सुर्य भण्डारी…

दोहा कतार- पछिल्लो समय नेपाली सेफहरु विश्व स्तरीय तारे होटलहरुमा कार्यरत रहदैँ गर्दा तिनै सेफहरुको सक्रियतामा स्थापना भएको संस्था अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम अधिबेशन आउँदो वैशाख ६ गते शनिबार काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी मार्ग बागबजारमा हुने भएको छ ।

नेपाल सेफ सोसाइटी र अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा विश्वभरका विभिन्न ३६ वटा देशबाट करिब ५ हजार सेफहरु भेला हुने अधिबेशन तथा खाना महोत्सव (फुड फेस्टिवल) कार्यक्रममा कतारबाट जाने सेफहरुको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी कतारका अध्यक्ष समेत रहेका रामेछापका सुर्य भण्डारी सहभागी हुने भएका छन ।

भेलामा क्यानडा, मध्यपुर्व, युरोपका विभिन्न मुलुक, अमेरिका लगायत ३६ देशमा कार्यरत सेतो कोट लगाउने सेफहरु अर्थात (नेपाली भान्से) हरुको सामुहिक जमघट हुने भएकाले नेपाल र नेपालीहरुका लागि पनि यो कार्यक्रम ऐतिहासिक र सुखद हुने भण्डारीले नेपाली जनता खबर सङ्गको कुराकानीमा बताएका छन ।

नेपाल पर्यटन वोर्ड, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहयोगमा हुने फेस्टिवलले विश्वभरिका नेपाली सेफहरूलाई एकताबद्ध गर्नुको साथै नेपाली खाना र संस्कृतिलाई विश्वभर प्रबर्द्धन गर्न मद्दत गर्ने विश्वास लिइएको छ । कार्यक्रममा नेपाली सेफहरूबीच सञ्जाल निर्माण गर्न तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत नेपाली सेफहरूका अनुभव आदान–प्रदान गर्दै, नेपाली परिकारहरू विश्व बजारमा चिनाउने र सेफहरूका पेशागत चुनौती सङ्गै अवसरहरूबारे छलफल गर्ने उद्देश्यले फेस्टिवल कार्यक्रम हुन लागेको हो ।

अन्तर्राष्ट्रिय नेपाल सोसाइटीको क्यानडा नेपाल सेफ सोसाइटी युएईका पूर्ब महासचिव दिपक कार्कीको अध्यक्षतामा ७० जनाको कर्यसमिति रहेको फुड फेस्टिवलमा देश तथा विदेशका गरी विभिन्न ४० वटा खानाका स्टल राखिनेछ । नेपाल पर्यटन वोर्ड, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहयोगमा हुने फेस्टिवलले सेफहरूलाई एकताबद्ध गर्ने र नेपाली खाना संस्कृतिलाई विश्वभर प्रबद्र्धन गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

त्यसैगरी नेपाली सेफहरूबीच सञ्जाल निर्माण अन्तराष्ट्रिय स्तरमा कार्यरत नेपाली सेफहरूलाई एकत्रित गरेर अनुभव आदान–प्रदान गर्ने, नेपाली परिकारहरूलाई विश्व बजारमा चिनाउने तथा सेफहरूका पेशागत चुनौती र अवसरहरूबारे समेत छलफल गर्ने उद्देश्यले फेस्टिवल हुन लागेको हो । महोत्सवमा देश तथा विदेशका गरी ४० वटा खानाका स्टल राखिनेछ । फेस्टिवलमा नेपाली परम्परागत परिकार देखि आधुनिक परिकारहरूको प्रदर्शनी, सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्ड, उत्कृष्ट सेफहरूलाई सम्मान, सोसाइटीको किताब विमोचन, राष्ट्रिय कलाकार हरुको उपस्थितिमा नेपाली गीत संगीत र लोपउन्मुख झाँकी सहितका नृत्य कला प्रस्तुत गरिनेछ, भने अन्तर्राष्ट्रिय सेफ अवार्ड र सामाजिक अवार्ड वितरण, नेपाली खाना महोत्सव , लाइभ प्रदर्शनको साथै सेफ पेशामा कम्तिमा ६ बर्ष काम गरेको सेफ भान्सेलाई सदस्यता तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले समितिले बताएका ।

भण्डारी आगामी अप्रिल १५ मा कार्यक्रमको लागि नेपाल जानेछन् ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार