संखुवासभा समाज कतारको चौथो साधारणसभा आगामी शुक्रबार…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- संखुवासभा समाज कतारको चौथो साधारणसभा हुने भएको छ ।

“संखुवासभालीको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान” भन्ने मुल नारा लिएर कतारमा सन् २०१६ मा स्थापना भएको समाजले आगामी शुक्रबार अर्थात २५ जुलाई, २०२५ को दिन सनैया प्लाजामलमा अवस्थित लालिगुराँस रेष्टुरेन्टको सभाहलमा नेपाली नौमती पन्चेबाजा प्रदर्शन सहित चौथो साधारणसभा गर्न लागेको हो ।

बिहान ११ बजेदेखी सुरु हुने कार्यक्रममा उपस्थितको लागि कतारमा स्थापित सम्पुर्ण संघ संस्था तथा बैचारिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरु बिशिस्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार तथा पत्रकारहरु सबैलाई पत्राचार गरिसके सङ्गै कार्यक्रमको आवश्यक तयारी पनि अन्तिम चरणमा पुगेको समाजका महासचिव पदम प्रसाद सिम्खडाले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समाजले पछिल्लो समय नेपाली कला संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली नौमती पन्चेबाजा समुह नै गठन गरि कतारमा हुने अधिकांश कार्यक्रमहरुमा उपस्थित दर्शकलाई नेपाली पन्चेबाजामा पुर्बेली भाकाहरु सुनाएर भरपुर मनोरञ्जन प्रदान गर्ने गरेको छ ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार