बागमती प्रदेश समन्वय परिषद् कतारले मनायो २३औं राष्ट्रिय धान दिवस….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- बागमती प्रदेश समन्वय परिषद् कतारले २३औं राष्ट्रिय धान दिवस सव्य र भव्य रुपमा मनाएको छ ।

शुक्रबार सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा परिषद् कतारका अध्यक्ष कविन्द्र कडेलको सभापतित्व र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा विशेष साङ्गीतिक प्रस्तुतिहरु सहित उपस्थित सम्पुर्ण अतिथिहरु लाई दहि चिउरा खुवाएर २३औं राष्ट्रिय धान दिवस मनाएको हो ।

मध्याह्न करिब १ बजे नेपाली राष्ट्रिय गान बजाएर दीप प्रज्ज्वल सहित व्यानर अनावरण गरि औपचारिक रुपमा सुरु गरिएको कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको साथै बंगलादेश समुदायका अध्यक्ष अन्वर हुसेन पेनिन्सुला मिडिया पत्रकार अशरफ सिद्दिक, श्रीलंका समुदायका नेता टेनेसन, फिलिपिन्सका विल्डिङ तथा उडवर्क कन्ट्री कोर्डिनेटर मार्को पोलो, राजस्थान कल्याण संघका अध्यक्ष निजम खान, तेलेङ्गाना गल्फ समिति कतारका अध्यक्ष श्री शंकर गौड, भारतीय संस्कृति केन्द्रका अध्यक्ष श्री ए.पी मणिकान्तन, बंगलादेश प्रवासी श्रमिक संघका अध्यक्ष सिरजुल इस्लाम लगायतका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाली मौलिक कला, संस्कृति र पहिचान झल्काउने उक्त कार्यक्रममा परिषद्कि महिला उपाध्यक्ष ममता रानाभाट खत्रीले उपस्तिथ सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेकी थिइन भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकारद्वय गंगा वि.सी र जमुना वि.सीले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बागमती प्रदेशको संक्षिप्त चिनारी वरिष्ठ उपाध्यक्ष रामहरि चौलागाईंले प्रस्तुत गरेका थिए ।

साङ्गीतिक प्रस्तुति र शुभकामना मन्तव्यको राम्रो तालमेल मिलाएर परिषद्का महासचिव गंगा बहादुर सुनुवारले सहजीकरण गरेका कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायबाट सहभागी अतिथिहरु सहित नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । जसमा अन्तर्राष्ट्रिय समुदायबाट सहभागी अतिथिहरुले आफुहरु लाई ऎतिहासिक कार्यक्रममा निमन्त्रणा गरेर सहभागी हुने अवसर दिएकोमा खुशी व्यक्त गर्दै आयोजक टिमलाई धन्यवाद दिए भने आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुमा निमन्त्रणा गरे अनिवार्य रुपमा सहभागी हुने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा विशेषगरी धान दिवसको चर्चा गरिएको थियो । जुन विषयमा नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुले बोलेका थिए । कार्यक्रममा धेरै जसो कलाकारले रोपाई सम्बन्धि असारे गीतहरु प्रस्तुत गरेका थिए भने केही परम्परागत मौलिक गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले राष्ट्रिय धान दिवस नेपालीहरुले निकै महत्त्वपूर्ण रुपले मनाउदै आएको भए पनि परदेशमा रहेका नेपालीहरुले यसलाई खासै महत्त्व नदिएको अवस्था बागमती प्रदेश समन्वय परिषद् कतारले गत वर्षदेखि यस्तो खालको कार्यक्रम आयोजना गरि मनाउन थालेकोमा आफू अत्यन्तै खुशी भएको बताए । उनले यस्ता कार्यक्रमले खाली रमाइलो मात्रै नभएर नेपाली कला, संस्कृति र पहिचानको संरक्षण र प्रबर्द्धनमा ठुलो भुमिका खेल्ने बताए ।

अन्तमा सभापति कडेलले कार्यक्रम उत्साहपुर्ण तरिकाले सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि बागमती प्रदेश समन्वय परिषद् कतारले आयोजना गर्ने यस्तै कार्यक्रमहरुमा यसैगरी साथ सहयोग पाउने अपेक्षा राख्ने बताए भने कार्यक्रममा निवर्तमान कार्यसमिति, अन्तर्राष्ट्रिय समुदायका प्रमुख एवं प्रतिनिधि, कलाकार तथा पत्रकारहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । साथै कार्यक्रममा सेप्टी सम्बन्धि अवारनेस कार्यक्रम पनि समावेश गरिएको थियो ।

nepalijanatakhabar

समबन्धित समाचार