पीएनसीसी मलेसियाको पहलमा, ताप्लेजुङका खत्री फर्किए सकुशल नेपाल

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया।प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)को पहलमा ताप्लेजुङ का भिम बहादुर खत्री सकुशल नेपाल फर्किएका छन् ।

मलेसिया मा लामो समयदेखि बिरामी भएका सिरिजङ्घा गाउँपालिका १ ताप्लेजुङ का भिम बहादुर खत्रीलाई प्रवासी नेपाली समन्वय समिति मलेसियाको विशेष पहलमा र मलेसियामा गठन भएका नेपाली संघ-संस्थाहरु,बिरामीका आफन्तहरुको आर्थिक सहयोगमा शनिबार उनि नेपाल फर्किएका हुन् ।

उनका आफन्त हरु र संघ-संस्थाको सहयोग ले नेपाली राजदूतावास मलेसिया बाट अनुमतिपत्र लिई अध्यागमन लाई जरिवाना ३१ समय रिङेट तिर्नु परेको पीएनसीसी मलेसिया का संयोजक मछिन्द्रनाथ चापागाईंले बताए। उनलाई अनुमतिपत्र नेपाली राजदूतावास मलेसियाले अगष्ट ८ तारिख नै दिईसकेको थियो ।

खत्रीको थप उपचारमा सहज होस भनेर नेपालमा आफ्नै सेल्टर हाउसमा जिम्मा लगाउने गरि सकुशल नेपाल फर्काएको संयोजक चापागाईंले बताए ।

अबैधानिक रुपमा काम गर्दै आएका खत्री प्रवासी नेपाली समन्वय समिति मलेसियाको सम्पर्कमा आए लगत्तै समाजिक कार्यमा संलग्न रहेका समाजसेवि मिलन लिम्बूले उनको खानपिनको ब्यबस्थापन साथै नेपाल पठाउन मलेसिया एयरपोर्ट समेत पुगेका थिए ।

वैदेशिक रोजगारको सिलसिलामा दश बर्ष अघाडी मलेसिया आएका भिम बहादुर खत्रीलाई नेपाल फर्काउदा लागेको हवाई टिकट एनआरएन मलेसिया र अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाले व्यवस्था गरेको थियो ।

nepalijanatakhabar

समबन्धित समाचार