एजेन्सी बलिउड अभिनेत्री बिपासा बासु यतिबेला गर्भवती छन्। योसँगै बिपासाले आफ्नो पति करण सिंह ग्रोवरका साथ गर्भावस्थाको फोटोसुट गरिन् ।
सो फोटो सामाजिक सञ्जालमा आफ्नो फ्यानका साथ सेयर गरिन् । शरीरको माथिल्लो भागमा शर्ट तथा तल्लो भागमा केही पनि नलगाएको उक्त फोटोमा बिपासाले आफ्नो बेबी बम्ब देखाएकी छन् भने गोप्य आफ्नो तथा श्रीमान् करणसिहको हातले उनको गोप्य अंग छोपेको देखिन्छ ।
यस्तो किसिमको फोटो बाहिरिएपछि उनका फ्यानले उनलाई आमा बन्न लागेकोमा नेपाल समचारपत्रमा खबर छ । बधाई दिए भने धेरैको ध्यान भने उनी आमा बन्न लागेको भन्दा पनि उनले लगाएको कपडा तथा पोजमा प¥यो र उनलाई सामाजिक सञ्जालमा ट्रोलमार्फत उनको फोटासुटको आलोचना गर्न थाले ।
बिपासाले पनि एक अन्र्तवार्तामार्फत ट्रोलरलाई जवाफ दिएकी छन् । उनले गर्भवती महिलाले हिजोआज फोटोसुट गर्ने चलन भएकाले आफूहरूले पनि फोटोसुट गर्नु गलत नभएको तर्क गर्दै भनेकी छिन, हो म मेरो बेबी बम्ब देखाउ नै चाहन्थेँ ।
किनभने अहिलेको लागि मेरो पेट नै हाम्रो बच्चाको घर हो । हामी यस्तो तस्विर खिचाउने सोचमा थियौं जसले हामी तीनबीचको मायालाई राम्रो तरिकाले देखाउन सकियोस्। हामीले फोटोसुट गरेका हौ । कुनै गलत काम गरेका छैनौ ।’
बिपासा ४३ वर्षको उमेरमा पहिलो चोटी आमा बन्न लागेकी हुन्। सन् २०१५ मा फिल्म अलोनको सेटमा भेटेको बिपासा र करणको कुराकानी भएको थियो भने सन् २०१६ मा विवाह गरेका थिए। करणको भने यो तेस्रो विवाह हो ।
प्रतिक्रिया दिनुहोस्