कतारमा किराँतीहरुले शुक्रबार उभौली चाड मनाउदै……

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – किराँत समुदायको राष्ट्रिय महान चाड शालिवा स्यादर  पिदार / साकेला उभौली -५०८४ कतारमा पनि एउटा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि शुक्रबार अर्थात मे २४ तारिक मनाउने भएको छ।

कतारमा स्थापित दुई किराँती सस्थाहरु सुनुवार सेवा समाज शाखा कतार र किरात राई यायोक्खा शाखा कतार आबद्ध किरात मुल समारोह समितीले बिगतका बर्षहरुमा झै यस बर्ष पनि किराँतिहरुको संस्कार र संस्कृती सङ्ग जोडिएको महत्त्वपूर्ण चाड उभौली मनाउन लागिएको समारोह समितिका संयोजक शुभराज सुनुवारले नेपाली जनता खबरलाई जानकारी गराएका छ्न।

प्लाजामल स्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा बिहानको ११बजे बाट सुरु हुने तालिका रहेको कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको र कार्यक्रममा कतारमा स्थापित भइसकेका कलाकारहरुको उत्कृष्ट साङ्गीतिक प्रस्तुतिहरु पनि हेर्न पाइने हुँदा दोहा कतारमा रहेका सम्पुर्ण किराँती तथा गैर किराँतहरु नेपाली हरुलाई उपस्थितिको लागि समितिले अनुरोध समेत गरेको छ।

समारोह समितिले यश अघि पनि किराँत समुदाय भित्र पर्ने हरेक चाडपर्वहरु बिधिवत रुपमा निकै महत्त्वको साथ मनाउदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला धन्यवाद।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

nepalijanatakhabar

समबन्धित समाचार