डा. उपेन्द्र महतोलाई सुकीर्तिमय राष्ट्रदीप पदक प्रदान राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा

काठमाडौं, २ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई प्रदान गर्नुभएको छ ।

 

 

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये सुकीर्तिमय राष्ट्रदीप पदक प्रतिष्ठित व्यवसायी तथा समाजसेवी डा. उपेन्द्र महतोलाई प्रदान गरिएको हो । डा. महतो गैरआवासी नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष र नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्री, र उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति रहेको थियो । रिपोर्टर्स नेपाल बाट

सम्बन्धित समाचार