पत्रकार राजन महताराको उच्च मुल्याङकन गर्दै भए सम्मानित

पत्रकार महतारा सम्मानित

नेपाल पत्रकार महासंघ रामेछाप शाखाका सदस्य,ईरामेछाप डटकम अनलाईनका संचालक तथा सम्पादक,हजुरको रेडियो १०२.१ मेगाहर्जका समाचार प्रमुख राजन महतारा सम्मानित हुनुभएको छ । आज रामेछाप नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।

पत्रकार महतारालाई नगरपालिकाको विकास गतिविधि र कार्यक्रम बारे सुचना संकलन,प्रकाशन र प्रसारण गरि नगरको समग्र विकास र सेवा प्रवाहमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरिएको रामेछाप नगरपालिकाले जनाएको छ ।

 

रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगर,उपप्रमुख सृजना खड्का र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले संयुक्त रुपमा पत्रकार महतारालाई दौसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गनुभयो । पत्रकार महताराले नगरपालिकाबाट सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताउनुभयो । उहाँले यो सम्मानले पत्रकारीता पेशामा थप जिम्मेवार भएर कलम चलाउने प्रेरणा मिलेको बताउनुभयो ।

 

सम्बन्धित समाचार