दलित महिलाको लागि नागरिक तथा मतदाता शिक्षा कार्यक्रम

मतदाता शिक्षा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । पोखरा उपमहानगरपालिकाका ३३ वडा र माछापुच्छ्रे गाउँपालिकाका वडा ४ र ६ का वडामा संस्थाद्वारा गठित दलित महिला समूहका अगुवा दलित महिला १५० जना छनौट गरेर उहाँहरुबाटै आ-आफ्नो समूह तथा टोलमा मतदाता शिक्षा प्रवाह गर्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।

स्थानीय निर्वाचनमा दलित समुदायका सम्पूर्ण व्यक्तिहरुले सहि प्रक्रियाद्वारा मतदान गर्न सक्षम हुनुको साथै मताधिकारको बारेमा पनि सचेत हुने कुरा संस्थाका अध्यक्ष सुमित्रा गायकले बताउनुभयो । संस्थाले दलित महिलाहरुलाई निर्वाचनको समयमा मात्रै नभएर अन्य समयमा पनि परियोजना लागू भएको दुई वर्षदेखि अहिलेसम्म उनीहरूलाई स-शक्तिकरण गराउनको निमित्त सामाजिक ,आर्थिक , शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको साथै सचेतनामूलक कार्यक्रम गर्दा उनीहरुमा संगठित हुने, समूह निर्माण गर्ने ,

बचत गर्ने र विभिन्न कार्यक्रममा सहभागी भएर निर्धक्क सँग आफ्नोे कुरा सबैसामु राख्न सक्ने क्षमताको बिकास भएको कुरा संस्थाका कार्यक्रम संयोजक ईश्वरी बि.क. ले बताउनुभयो । आजदेखि सुरु भएको कार्यक्रम पाँचदिनसम्म निरन्तर चल्नेछ भने सहजीकरण अध्यक्ष सुमित्रा गायक र संयोजक ईश्वरी बि.क. ले गर्नुहुने संथाले जनाएको छ।

सम्बन्धित समाचार