मतदानका लागि घर फर्किनेको संख्या बढ्यो, कोटेश्वर र नयाँ बसपार्क क्षेत्रमा यस्तो छ भीडभाड!

 

काठमाडौं – स्थानीय तह निर्वाचनमा मतदान गर्न घर फर्किनेको संख्या बढेको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि घर जानेको संख्या बढ्दा काठमाडौंबाट बाहिरने नाकामा सवारीको चाप बढेको छ ।

 

 

 

कोटेश्वरबाट जडिबुटी हुँदै भक्तपुरतर्फ बाहिरिने सवारी साधन र नयाँबपसार्कगेटबाट बाहिरिने सवारी साधन क्युमा चलिरहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

 

 

 

कोटेश्वर र नयाँबसपार्क क्षेत्रमा उपत्यका बाहिरिने यात्रु तथा सवारी साधनको संख्या बढी भएका कारण उक्त स्थानमा क्यु रहेको ट्राफिकको भनाइ छ ।

 

 

सम्बन्धित समाचार