नयाँ बसपार्क, मित्रनगर क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर

 

काठमाडौं – काठमाडौंको नयाँ वसपार्क मित्रनगर जाने बाटो क्षेत्रका अवैध संरचना भत्काउन महानगरले डोजर चलाएको छ ।

पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने व्यापारीले बनाएका अवैध संरचनामा डोजर चलाएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

नगरप्रहरीले पाएको सूचनाको आधारमा अवैध संरचना भत्काउन पुगेको पाण्डेले बताए । “अवैधरुपमा राखिएका होर्डिङ बोर्ड, बार्दली भत्काउने काम भइरहेको छ,” उनले भने ।

महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान चलाउँदै आएको छ । सो क्षेत्र वडा नम्बर १६ मा पर्छ ।

सम्बन्धित समाचार