तेस्रो ठूलो बाघमोर्चा गोल्डकपको उद्घाटन, उद्घाटन खेलमा जनचेतना युवा क्लब विजयी 

जिराभवानी हरिकिशोर शर्मा पर्साको ठोरीमा “तेस्रो ठूलो बाघमोर्चा गोल्डकप-२०७९ नकआउट फूटबल प्रतियोगिता” ठोरी युथ भिजनको आयोजनामा उद्घाटन भएको छ । असोज ५ गतेदेखि १८ गतेसम्म हुने नकआउट फूटबल प्रतियोगितालाई बुधबार ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले गरेको हो । साथै जनचेतना युवा क्लब ठोरी-१ ले विजयी शुरूवात गरेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले स्थानीय स्तरमै खेलाडी उत्पदन गर्नुपर्नेमा जोड दिदै भविष्यमा गाउँपालिकाले प्रशिक्षकको व्यवस्था समेत गर्ने प्रतिबद्धता गरे । फूटबल खेल अति नै संवेदनशील खेल भएकोले निर्णायक मण्डल तथा आयोजकले निष्पक्ष रूपमा खेलाउनु पर्ने बताउनुभयो ।

बुधबार भएको उद्घाटन खेलमा जनचेतना युवा क्लब ठोरी-१ ले ब्रम्हाबाबा युवा क्लब, सहजानपुर-३ जिराभवानीलाई १-० गोल अन्तरले पराजित गरेका थिए । खेलको पहिलो हाफमा कुनै गोल हुन नसके पनि दोस्रो हाफमा जनचेतना युवा क्लब क्याप्टेन जर्सी नो. ७ का रबि बिकले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । ब्रम्हाबाबा युवा क्लबले खेलमा फर्कने कोशिश गरेपनि कुनै गोल गर्न नसक्दा उपाधिको दौड बाट बाहिरीनु परेको थियो । आजको खेलमा मैन अफ द मैच जनचेतना युवा क्लबका जर्सी नो. ५ अविनाश थापा भएको आयोजकले जनाएको छ ।

ठोरी युथ भिजन फाउन्डेसनका अध्यक्ष नारायण वाईबाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठ, विशिष्ट अतिथि ठोरी-५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन लगायत हजारौंको संख्यामा खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियोे । ठोरी युथ भिजन फाउन्डेसनका सचिव बाबुराम लोप्चनले स्वागत मन्तव्य दिएको उक्त समारोहलाई सन्दिप तामाङले सहजीकरण गरेका थिए ।

भोलि दिनको ठिक २:०० बजे बाट शुरु हुने आयोजक समितिले बताएको छ । लगातार दुई खेल हुने भएकोले पहिलो खेल सुवर्ण युवा क्लब, सुवर्णपुर V/s प्रतिभा युवा क्लब, बिजय बस्ती र दोस्रो खेल सिर्जनशील युवा क्लब, बिशालचोक V/s छार म्हेन्दो युवा क्लब, बाघमोर्चा (आयोजक) बिच हुनेछ ।

 

सम्बन्धित समाचार