पथलैया प्रहरी चौकी द्वारा टेम्पुमा लोड गाँजा समेत दुई पक्राउ

वायु प्रधुशन
nepalijanatakhaba

 

पर्सा

बारा प्रहरीले टेम्पुमा लोड रहेको लागू अौषध गाँजा समेत दुई जना लाई पक्राउ गरेको छ। बिशेष सुचनाको अधारमा प्रहरी चौकी पथलैया बाट खटिएको प्रहरी टोलिले लागु औषध गाँजा बोकेको टेम्पु समेत दुई जना लाई पक्राउ गरेको हो।

बिहिबार बिहान साढे ५ बजेको सम्यमा गस्ती मा रहेको प्रहरी चौकि पथलैया का प्रहरी सहायक निरीक्षक मनोज यादवको कमान्डमा खटिएको टोलिले ना १ ह ५८९३ नम्बरको टेम्पूमा लोड रहेको ३२ किलोग्राम लागु औषध गाँजा सहित दुइ जनालाइ पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बारा ले दिएको जानकारी अनुसार पक्राउ पर्ने हरु मा टेम्पु चालक र टेम्पु मा सवार मकवानपुर जिल्लाको हेटौडा उप-महानगरपालिका वडा नं १९ बस्तिपुर बस्ने हिरालाल स्याङ्गतान र सोहि निवासी लक्ष्मी मोक्तान रहेका छन। पक्राउ परेका गाँजा ,टेम्पु र चालक ,टेम्पु सवार लाई थप अनुसंधान को लागि ईलाका प्रहरी कार्यालय सिमरा लाई बुझाएको छ।

 

nepalijanatakhabar

समबन्धित समाचार