‌जगरनाथपुर गाउँपालिका अध्यक्ष,यादवद्वारा शिव मंदिरको उदघाटन।

 

राजन कुमार बानिया

पर्सा

पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं ३ बिजबनिया गाउँमा रहेको शिव मंदिरको उदघाटन गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले गरेका छन।

बिजबनिया गाउँमा नवनिर्मित शिव मंदिरको उदघाटन  एक कार्यक्रमका बिच बिधवतरुपमा पुजापाठ गरि गाउँपालिकाको अध्यक्ष यादवले गरेका छन ।

शिव मंदिरमा लिंग,स्थापनाको  साथै बसहाको पनि स्थापना गरिएको थियो।  नेपाली काँग्रेस क्षेत्र नं ४ (क) बाट निर्वाचित प्रदेश साँसद शंकर प्रसाद चौधरीको संसदिय कोषबाट ५ लाखको लागतमा निर्माण भएको मन्जय गिरी ले जनाएका छन।

नवनिर्मित शिव मंदिर उदघाटन कार्यक्रममा  उपाध्यक्ष बबिता सिंह क्षेत्री,वडा अध्यक्ष सुबास यादव,जानकिटोलाको पुर्व गाबिस अध्यक्ष झकड मियाँ , क्षेत्रिय सचिव बलिस्टर अहम्द, स्थानिय शंकर यादव, पहलाद राम, सोवालाल साह, लक्षमी यादव , लगायतको सहभागिता रहेको थियोज

 

सम्बन्धित समाचार