जिल्ला अदालत, काठमाडौं द्वारा सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

 

काठमाडौं – जिल्ला अदालत, काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

 

२० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो ।

 

सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । ‘बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ’ सन्दीपका वकिलहरुले भनेका थिए ।

 

सम्बन्धित समाचार