दुःखी पिडित लाई लाखौं लाख सहयोग गर्ने हेम थापाको काहाली लाग्दो जीवन भोगाइ

म त जन्मेको दिन देखि नै दुःखी रहेछु नि …, ७ महिनामा जालो भित्र जन्मेको रे , ५/६ महिनाको हुन्जेल यो मर्छ भनेर सिंकाले लिटो खुवाउथे रे .., !

चरम गरिबिका कारण बाल्यकालमा भोगेका पिढा, गरिबि भएकै कारण जीबनको हरेका पलमा परेको अभाब भनेन सध्यनै छैन । कति दिन भोक भोकै बसियो,चित्राले बनाको घरमा .., घर भित्र पानि पसेर ,पानी कै आलमा सुतेका दिन,चपल सम्म लाउन नपाएर १० सम्म बिध्यालय गएका दिन,स्कुलमा फिस तिर्न नपाएर परिक्षा दिन नपाएका दिन, १७ ठाउ टालेर लगाएका लुगा लगाएका दिन…,

नया लुगा र घानको भात दशैको बेला मात्र खान र लाउन पाएको दिन , भोकले ज्यान बचाउन बालिको भिताको चिम्टा माठो डल्लो पारेर खाएका दिन अझै ताजै छन् । अलि उमेर पुगे पछि घरको आर्थिक अबस्थाले बाध्याता भएर बिदेशि भुमिमा बेचिएर ,

बिदेशिहरूको गाली र कुटाई खादै ५०/६९ डिग्रीको घाममा दिनको १२ देखि १४ घण्टा खाडिको देशमा २०/३० मिटर मुनि खाडमा पसेर बेल्चा हानेका रूदै रूदै महिनाको २०/३० हजार कमाउदाका दिन .., त्त्यसै बेला नेपालमा मेरो घर आलो लागी भएर सम्पुर्ण नष्ट भएको खबरले मुर्छा परेको समय अझै मेरो मुटुमा आगोको ज्वालो भएए बगि रहन्छ ।

नेपाल आर्मि,इण्डिया आर्मि भर्ति भएर पाएको दुःख र गाली आझै मेरो काममा गुन्जि रहन्छ । घरमा छुट्टी गएको बेला माओबादी( जनमलेसिया र लाल सेना ) बाट ३ पटक सम्म अपहरणमा परि २० वाटै अौलाका नंगमा पिन काटी ठोकेर पुस,मागको बेला हाप पेन्ट,सेन्डो,हात डोरिले बादेर ,आँखामा कालो पट्टी बादेर ,अनि खालि खुट्टा राति जंगलको बाटो ,पछि बाट गरि गरि लातले ,मुक्का प्रहार र बाँसको भाटाले हाल्दै मुखमा आए जति गाली गर्दै हिडाएर ७ दिन पछाडि मारो भनेर नालिमा हाल्देर हिडेका र बाँचेर घर आएको पल सम्झिदा मेरो मुटु फुटेर आउछ ।

अन्तिम अबस्था भएर मेरो र परिवारको जिबन बचाउन घरमा राखेको सोलर ८ हजारमा बेचेर ३ जना नानि ,श्रिमति सहित ५ जनाको परिवार राति नै भागेर KTM हिडेर र KTM सम्मको यात्राका दिन…, KTM आइ पुग्दा नै ८ हजार सकिएर बिजोक भएर .. गाउकै भाई होम गौतम र मेरै मित लोक ब. तामांङ को शरणमा पुगेको.., त्त्यस पछि परिवार पाल्न संघर्ष गर्नु परेका दिन

३ दिन लगाएर १ track बालुवा भरेर ८ सय कमाएका दिन ,अरूले फालेका खाने कुरा र लाउने कपडा सम्म खाएर ,लाएको साथै हप्तौ सम्म रोटमा गल्लि गल्लि सुतेको सम्झदा .., बिदेश बसेर कामको सिल सिलामा ५ पटक सम्म car accident, ३ पटक सम्म operation गरेर पनी अझै सम्म संघर्ष गरिरको सम्झदा ….., कहिले काहिदा मलाई यो धर्तिमा जन्म दियो भगवान भनेर रूने गर्छु …!! हेम थापा हाल अमेरिका

 

सम्बन्धित समाचार