धरानको कार्यपालिका बैठकमा वडाध्यक्षहरु कोही पनि नआएपछि हर्कले मागे ‘राजीनामा’!

सुनसरी धरान – खुसीहॅुदै उपमहानगर प्रवेश गरेका मेयर हर्क साम्पाङ आज निकै आक्रोशित देखिएका छन्। जसको कारण हो उपमहानगरमा आज २ बजे राखिएको कार्यपालिका बैठकमा ३ बजेसम्म पनि कुनै पनि वडाध्यक्ष र कार्यपालिका सदस्यको उपस्थित देखिएन।

 

आज प्रदेश सरकारले वनमन्त्रीको निधनको शोकमा सार्वजनिक बिदा दिएको थियो। बिदा भए पनि बैठक भएकोले मेयर हर्क मिठो मुस्कान लिएर टेम्पु चढेर आए ।
मेयर हर्क सिधै आफ्नो कार्यकक्ष प्रवेश गरे।

उपमेयर पनि बाइकमा हॅास्दै उपमहानगर छिरे।प्रमुख प्रशासकीय अधिकृत र वरिष्ठ प्रशासकीय अधिकृत उपमहानगरपालिका आएर कफी पिउन समेत भ्याएका थिए। सञ्चारकर्मीहरूको पनि बाक्लै उपस्थित थियो।उता नगर प्रहरीको तालिम चलिरहेको थियो।

 

 

वडाध्यक्ष कोही नआएपछि संचारकर्मिनै र स्वकीय सचिव गरी २० जना पुगिने रहेछ आज सञ्चारकर्मीहरू नै बैठकमा बसौँ भन्दै ठट्टा चल्यो। जसमा कुन कुन वडाको वडाध्यक्ष कसलाई सुहॅाउछ भन्दै रमाइलो गफ चल्यो।

 

कार्यपालिका बैठकको लागि मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल र वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा मात्र आएका थिए ।

मेयरले नगर प्रहरीलाई कार्यपालिका बैठक हल हेर्नु लगाए। नगर प्रहरीले मिनेटभरमा नै कोही नआएको खबर ल्याए।करिब ३ बजेसम्म मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत मेयरको कार्यकक्षमा रहेका उनीहरू बाहिरिए ।

कार्यकक्षबाट बाहिरिनै गर्दा मेयर साम्पाङलाई प्रश्नको बर्सात भयो। यसरी पटक पटक बैठक स्थगित गर्दा बैठक बहिष्कार गर्दा अबका दिनमा हजुर के कदम चाल्नुहुन्छ ? भनी गरेको प्रश्नको प्रतिक्रिया दिँदै मेयरले भने।

 

आफूले बैठक बोलाएको तर वडाध्यक्ष, कार्यपालिका सदस्यहरू नआउनुको कारण थाह छैन। कि त नआउनुको कारण चाहिन्छ । हैन भने राजीनामा माग्छु । जनताले पनि काम नगर्नेको राजीनामा माग्नु पर्छ।

 

सॅुगाले गोपी कृष्ण कहो…. गोपीकृष्ण कहो….. भन्छ तर, अर्थ थाहा हुन्न सॅुगालाई वडाध्यक्षहरूले पनि आफ्नो अडान राखेर आउँदैनौ भनेर हुन्न। मेयर हर्कले भने। यही प्रश्न उपमेयरलाई गर्दा उपमेयर हॅासिरहे । यो विषयमा खासै बोल्नु चाहेनन्। उल्टै मेयरको उपमेयर बोल्नुहुन्न म बोल्नु नि उपमेयर बोल्नु हो समेत भन्न भ्याए।

 

सञ्चारकर्मीले हजुरले माफी नमाग्दाको परिमाण होकि ? भनी जिज्ञासा गर्दा उनले रिसाएको स्वरमा भने “आफूले माफी माग्नुपर्ने कुनै कारण नभएको र सप्तरङ्गी पार्क बनाउँछु भन्दा जनताको काम गर्दै मेयरले माफी माग्नु पर्ने? “

यसरी नै निरन्तर बैठकमा नआए र काम नगरे आफू पनि राजीनामा माग्ने साथै जनताले पनि माग्नुपर्ने प्रतिक्रिया दिए । अन्तमा बच्चाले चकलेट नपाए जस्तो रोएर हुन्न भन्दै उनी गए। उपमेयर बेघाले ठुलो मुद्दा बनाएर नजाँदा हुने धारणा राख्दै जनता, नगरप्रति जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।

 

उनले सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्दै धेरै विषय उठ्ने भए पनि जनतालाई प्रमुख केन्द्र बनाएर अघि बढ्नुपर्ने बताए ।

 

 

सम्बन्धित समाचार